Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – जापानका डाक्टरहरुका अनुसार रातमा पटक पटक पिसाब गर्न उठिरहनुपर्छ भने उनीहरुले खानमा नुनको मात्रा कटौती गर्नु आवश्यक छ । यो समस्यालाई नोक्चुरिया भनिन्छ । यसले मानिस ६० वर्ष कटेपछि बढी प्रभावित पार्छ । यसबाट पीडित मानिसको निन्द्रा विग्रन्छ र मानिसको जीवनलाई समेत प्रभावित गर्छ ।

यो अध्ययन तीन सय भन्दा धेरै मानिसमा गरिएको थियो । शोधकर्ताले अध्ययनका क्रममा जसले नूनको मात्र कम गरेका छन् उनीहरुलाई रातिको समयमा पटक पटक पिसाबका लागि उठ्न पर्ने समस्याबाट हल मिलेको छ ।  बेलायतका डाक्टरका अनुसार पनि सही खानपानले यस समस्यालाई कम गर्न सकिन्छ । नागासाकी विश्वविद्यालयका डाक्टरहरुले आफ्नो अध्ययनको नतिजालाई लण्डनको यूरोपियन सोसाइटी अफयूरोलोजीमा प्रस्तुत गरेका थिए ।

अध्ययनका क्रममा जो धेरै नूनको प्रयोग गर्छन उनीहरुलाई विरामीको रुपमा तीन महिनासम्म निगरानी गरिएको थियो । उनीहरु निन्द्राको समस्याबाट पीडित बनेका थिए । उनीहरुलाई खानपानमा नूनको मात्र घटाउन लगाइयो । यसपछि रातमा पटक पटक उठ्नु पर्ने बाध्यताबाट केही मात्रमा भए पनि छुटकारा भयो ।

अध्ययनमा संलग्न मात्सुओ तोमोहिरोले यसको पुष्टि गरे र यसका लागि थप अनुसन्धान जरुरी भएको बताए । उनले यसबाट बुढ्यौलीमा हुने समस्या हल हुने जनाए । उनले आहारमा हेरचाह गर्ने हो भने जीवनका कयौं मामलालाई ठिक रुपमा अगाडि लान सकिने बताए । –एजेन्सी

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया