Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं –नेपाल रेडक्रस सोसाइटीले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका तीन सय ८९ घरधुरीलाई हालसम्म निजी आवास निर्माण गर्न दोस्रो किस्ताको बापतको रकम वितरण गरेको छ । दोस्रो किस्ताबापतको रु एक लाख ५० हजारका दरले हालसम्म रु पाँच करोड ८३ लाख वितरण गरेको सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले जनाएको छ ।

विभिन्न देशका रेडक्रसका आर्थिक एवम् प्राविधिक सहयोगमा कार्यक्रमले ती जिल्लाका ६ हजार भन्दा बढी घरपरिवारलाई आवास निर्माणलगायत खानेपानी, सरसफाइ, जीविकोपार्जन, आयआर्यजन, प्राथमिक स्वास्थ्यलगायतका क्षेत्रमा प्राविधिक तथा आर्थिक सहयोग जारी राखेको छ । पुनःनिर्माण प्राधिकरणले दोस्रो किस्ता वितरणका लागि जारी निर्देशिका एवम् कार्यविधि अनुसार सोसाइटीले रकम प्राप्त गर्न योग्य रहेका भूकम्पप्रभावितलाई आवास निर्माण गर्न रकम उपलब्ध गराउने कार्य जारी राखेको छ ।

उक्त कार्यक्रमले ती जिल्लाका ६ हजार ३५० भन्दा बढी परिवारलाई पहिलो किस्ता रु ५० हजारका दरले रु ३१ करोड ८ लाख वितरण गरिसकेको जनाएको छ । प्राधिकरणको आवास अनुदान नीतिअनुसार कार्यक्रमले तीन लाख सहयोग गर्ने जनाएको छ । कार्यक्रमकाअनुसार नुवाकोट, रसुवा, रामेछाप, सिन्धुपाल्चोक, मकवानपुर, धादिङलगायतका जिल्लामा दोस्रो किस्ता रकम वितरण जारी छ । अमेरिकन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा भूकम्पप्रतिकार्य कार्यक्रमले नुवाकोटको काउले र भाल्चे गाउँविकास समितिमा एक हजार ९५८ निजी आवास निर्माण गर्न सहयोग गर्दैछ ।

हालसम्म ती दुई गाविसमा अधिकांश अर्थात् एक हजार ९०५ले पहिलो किस्ता वापतको रकम प्राप्त गरिसकेका छन् । पहिलो किस्ता प्राप्त गर्नेमध्ये मापडण्ड पुगेकालाई दोस्रो किस्ताबापतको रकम वितरण गर्ने कार्य जारी रहेको कार्यक्रमले जनाएको छ । अर्कोतर्फ आवास निर्माण गर्न कार्यक्रमले १४ जिल्लाका स्थानीयवासीलाई कालीगढको तालिमसमेत दिने कार्य लगभग सम्पन्न गरिसकेको छ । कार्यक्रमले १४ वटै जिल्लामा हालसम्म चार हजार २०० भन्दा बढीलाई घर बनाउने सीप ९कालिगढ० को तालिम प्रदान गरिसकेको जनाएको छ ।  नेपाल रेडक्रसले उपलब्ध गराएको कालिगढ तालिम लिएका नुवाकोट काउले गाविसका मैनसिंह तामाङले आफ्नो घर आफंै बनाउँदै हुनुहुन्छ र अरु धेरैलाई घर निर्माण गराउन पनि सहयोग गरिरहनुभएको छ ।

उहाँले भन्नुहुन्छ “मैले एकहप्ते डकर्मी तालिम लिएँ, त्यसपछि मेरो काम गर्ने तरिका नै फरक भयो, पहिले हामी जतिसक्दो चाँडो कामसक्न हतारिन्थ्यौँ र जे–जस्तो सामान पाइयो त्यही प्रयोग गर्दथ्यौँ तर अहिले काम त ढुङ्गाकै गर्ने हो तर कसरी नभत्कने घर बनाउने हो, त्यसतर्फ बढी सोच्छौँ र गर्दछौँ । कुनै अप्ठ्यारो परे नेपाल रेडक्रसका इन्जिनियर आउनुहुन्छ र सिकाउनुहुन्छ ।” रसुवा ठूलो गाउँका पूर्णबहादुर गुरूङले घर बनाउन दोस्रो किस्ताको रकम लिन मलाई कुनै अप्ठ्यारो नभएको जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया