Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – रामपुर नगरपालिका सुन्दरटोलका इन्द्रबहादुर विकलाई आरनमा बसेर तामा फलामका भाँडा नबनाएसम्म साँझ बिहानको छाक टार्ने अर्को उपाय छैन ।आरन व्यवसायबाट नै उहाँले परिवारको गुजारा चलेको छ । विकले विगत ४० वर्षदेखि तामा, फलामका सामग्रीलाई हातले कुँदेर कलात्मक रुप दिई विभिन्न सामग्री तयार पार्दै आउनुभएको छ ।

तामा र फलामका सामग्रीलाई कदेर आकर्षक रुपमा विभिन्न सामग्री बनाएर उहाँले मासिक रु २५ हजारसम्म आम्दानी गर्नुहुन्छ । तामाबाट गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी तथा फलामबाट कुटो, कोदालो, बन्चरो, हँसियालगायत सामग्री बनाउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ – “हातमा सीप भएपछि जीवन धान्न समस्या छैन, आफूले जानेदेखि नै आरन व्यवसाय चलाइरहेको छु ।” हातले कुँदेर बनाइएका कोदालो, बन्चरो रु ६०० देखि रु एक हजार, हँसिया रु एक सयदेखि रु ३०० सम्ममा बिक्री गर्ने गरेको विकले बताउनुभयो । दिनमा कम्तीमा पनि पाँच जनासम्म ग्राहक आउँछन् । तामाको माग हिजोआज कम भएका कारण फलामका विभिन्न सामग्री निर्माण गर्ने गरेको उहाँको भनाइ छ ।

यस्तै रामपुर मटेरीका ५८ वर्षीय लालबहादुर विकको जीवन जिउने आधार पनि आरन व्यवसाय नै हो । उहाँले झन्डै ४८ वर्षदेखि आरन व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । सो व्यवसायबाट उहाँ खुसी हुनुहुन्छ । उहाँले हातले कुँदेर तामाको गाग्री, ताउलो, तमाउरो, आम्खोरा, आरीलगायत सामग्री निर्माण गर्दैआउनुभएको छ । तामाका सामग्री प्रतिकिलो रु एक हजार ८०० मा बिक्री गर्दै आउनुभएको छ । ज्यालादारीमा भने प्रतिकिलो रु एक हजार २०० मा तामाका सामग्री निर्माण गर्नुहुन्छ ।

यही व्यवसायबाट विकले पाँचजना छोराछोरीको पढाइ खर्च जुटाउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ – “आरन व्यवसाय नै जीवनको आधार हो ।” विकले मासिक रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गरिरहनुभएको छ । रामपुर नगरपालिका क्षेत्रमा इन्द्रबहादुर र लालबहादुर जस्तै हाल १५ जनाको हाराहारीमा आरन व्यवसायी रहेका छन् । करिब १० वर्ष अगाडी यस क्षेत्रमा ५० जनाभन्दा बढीको हाराहारीमा आरन व्यवसायी रहेकामा पछिल्लो समयमा युवा पुस्तामा सीप हस्तान्तरण नहुँदा पेसा नै लोप हदै गएको छ ।

प्लास्टिक र स्टिलका सामग्री सस्तो मूल्यमा सहरदेखि गाउँगाउँमा उपलब्ध हुन थालेपछि आरन व्यवसाय धरापमा परेको हो । युवापुस्ताको बढ्दो विदेश पलायनको मोह, सीप हस्तान्तरण नहुनुजस्ता कारणले परम्परागत आरन व्यवसाय विस्थापित हुँदै छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया