Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

पर्वत – हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गतको आठौं चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुनेभएको छ । सातौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले सङ्क्रमितको सङ्ख्या शून्यमा नझरेपछि पुनः आठौँपटक अभियान सञ्चालन गर्न लागिएको छ ।

पर्वतमा अझै पनि हात्तीपाइले रोगको सङ्क्रमण भएका साढे दुई प्रतिशत जनसङ्ख्या रहेकाले सातौँपटक अभियान सञ्चालन गर्नुपरेको हो । कुल जनसङ्ख्यामध्ये तीन हजार ४१८ जनामा हात्तीपाइलेको जीवाणु रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।

पर्वतमा आगामी चैत ५, ६ र ७ गते गरी तीन दिनसम्म अभियान सञ्चालन गरिने भएको छ । जिल्लाको कुल जनसङ्ख्यामध्ये एक लाख ३६ हजार ७१० जनालाई औषधि सेवन गराउने अभियानको लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय, पर्वतका प्रमुख डाक्टर फणीन्द्र बरालले जानकारी दिनुभयो ।

अभियानका लागि ३८० जना स्वास्थ्यकर्मी र एक हजार ५० जना तालिमप्राप्त स्वास्थ्य स्वयंसेवकलाई परिचालन गर्ने तयारी भएको छ ।
दुई वर्षभन्दामाथिका सबैजनालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाइने भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख बरालले जानकारी दिनुभयो ।

औषधि खाँदा केही लक्षण देखिने भए पनि पर्वतमा हालसम्म कुनै प्रकारको जटिल समस्या भने नदेखिएको कार्यालयले जनाएको छ । तर गर्भवती, सात दिनसम्मका सुत्केरी, दीर्घरोगी र ७० वर्षमाथिका वृद्धवृद्धालाई भने औषधि खुवाउन नहुने कार्यालयले जनाएको छ ।

नेपालका २५ जिल्लामा छैटाँैपटकसम्म खुवाएपछि अभियान सम्पन्न भएको छ भने पर्वतलगायत ३६ जिल्लामा अझै पनि सङ्क्रमितको सङ्ख्या शून्यमा नझरेपछि यो अभियान जारी रहेको छ । सरकारले सन् २०२० सम्म नेपालबाटै हात्तीपाइले रोग उन्मूलन गराउने लक्ष्य राखेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया