Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

कतिपय महिलाको अनुहार उनीहरूको शरीरको तुलनामा ज्यादै मोटो देखिन्छ । जसले गर्दा सामान्य मेकअप तथा ड्रेसअप मात्र गर्दा असुहाउँदो देखिन सक्छ । मोटो अनुहारको मेकअपमा ध्यान नदिँदा भद्दा देखिने सम्भावना पनि बढी हुन्छ । यस्तो समस्या हुने अधिकांश महिलाले घरेलु विधि अपनाउने गर्छन् । तर, यस्तो विधिले सधैँ काम गर्छ भन्ने हुँदैन ।

विभिन्न घरेलु उपायले पनि समस्या समाधान भएन भने ब्युटिसियनकै भर पर्नुपर्ने हुन्छ । अनुहारको आकार तथा मोटाइअनुसार फरक तरिकाको मेकअप गरेर यस्तो समस्यालाई कम गर्न सकिन्छ । मोटो अनुहार हुने महिलाले मेकअप गरेर स्लिम लुक्स देखाउन सकिन्छ । स्लिम लुक्स देखाउन अपनाउनुपर्ने केमअप टिप्सबारे ब्युटिसियन बिन्दिया श्रेष्ठका सुझाब यस्ता छन्ः

बिन्दिया श्रेष्ठ ब्युटिसियन

डार्क फाउन्डेसन

मोटो अनुहार भएका महिलाले डार्क फाउन्डेसनको मद्दतले आफ्नो मुहार स्लिम देखाउन सक्छन् । यसका लागि निधार, गालाको माथिल्लो भाग र चिउँडोमा हलुका फाउन्डेसन लगाउनुपर्छ । त्यस्तै, अनुहार छुट्याउने साइडको च्यापुको माथिल्लो भागमा डार्क फाउन्डेसन लगाउनुपर्छ । यसले अनुहार केही पातलो देखाउन सहयोग गर्छ ।

 

कन्ट्रोलिङ

अनुहार स्लिम देखाउन सेपको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले केही समय लाग्ने भए पनि अनुहारमा फाउन्डेसन लगाएपछि आँखा, गाला तथा ओठको मेकअप गर्नुअघि कन्ट्रोलिङ ब्रसको मद्दतले यसलाई मुहारमा लगाउनुपर्छ । आफ्नो स्किन टोनअनुसार दुई या तीन सेड डार्क फाउन्डेसन लगाउनुपर्छ ।

हाइलाइटर

मोटो अनुहारलाई स्लिम दखाउने सबैभन्दा उपयुक्त विकल्प हो, हाइलाइटर । यसका लागि आफ्नो अनुहार तथा गालाको भागलाई विशेष ध्यान दिनुपर्छ । हाइलाइटर भने अनुहारको बीच भागमा लगाउनुपर्छ । आइब्रोको बीच भागबाट लगाउँदै तलतिर लगाउनुपर्छ । त्यस्तै, नाक तथा माथिल्लो ओठको माथिबाट नाकसम्मको भागमा लगाउँदा राम्रो हुन्छ ।

कपालको सहायता

बाटुलो मुहार भएका महिलाले हेयर स्टाइलमा परिवर्तन गरेर पनि आफ्नो अनुहार पातलो देखाउन सक्छन् । विज्ञको सल्लाहअनुसार अनुहार सुहाउँदो हेयर कट गरेर या हेयर कलर गरेर स्लिम लुक्स दिन सकिन्छ ।

आँखाको मेकअप

अनुहारलाई स्लिम तथा आकर्षक देखाउन आँखाको मुख्य भूमिका हुन्छ । आँखालाई आकर्षक र ड्रामेटिक इफेक्ट दिनका लािग आइस्याडोको मद्दत लिन सकिन्छ । त्यसका लागि बाहिरी भागमा पातलो आइलाइनर लगाउनुपर्छ । यसरी आइलाइनर बाहिरी भागबाट बिस्तारै भित्री भागतिर लगाउनुपर्छ । यसलाई फिनिसिङ दिन डबल सेड मस्कारा पनि लगाउनु राम्रो हुन्छ ।

सिमर

बाटुलो मुहारलाई पातलो देखाउन सिमरको पनि प्रयोग गर्न सकिन्छ । यसलाई अनुहारको कलरअनुसार गाला तथा चिउँडोमा लगाउन सकिन्छ । यसले छालाको बनावटलाई हाइलाइट गरिदिन्छ । जसले गर्दा अनुहारको लुक्स केही स्लिम देखिन्छ । आवश्यकताअनुसार यसलाई पाउडर या क्रिमको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया