Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – काठमाडौका तीन र तराईका १२ सहित १५ जिल्लाका पाँच बर्षमुनीका बालबालिकालाई आजपनि पोलियो थोपा खुवाईदै छ । गत २१ र २२ गतेका लागि मात्रै तय गरिएको पोलियो थोपा खुवाउने कार्यक्रम केहीदिनका लागि थप गरिएकाले आजपनि खुवाउन पाईने भएको हो ।

नेपाललाई पोलियो उन्मुलन सुनिश्चित गर्न कैलाली, बर्दिया, बाँके, कपिलबस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिराह, सुनसरी, काठमाडौ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य चौकीहरुमा आफुहरु नै इन्चार्ज हुन पाउनु पर्ने र आफुहरु भन्दा बढी योग्यता भएपनि एच ए लाई इन्चार्ज बनाउन नहुने माग गर्दै मन्त्रालय अन्तर्गत कार्यरत केही अहेबहरुले पहिलो दिन पोलियो थोपा खुवाउन केही ठाउमा अवरोध गरेका थिए ।

उनीहरुको अवरोधकै कारण बालबालिकाहरु पोलियो थोपा खान बन्चीत भएकाले मन्त्रालयले पोलियो थोपा खुवाउने कार्यक्रम केहीदिनका लागि थप गरेको हो । १५ जिल्लामा ५ बर्ष मुनीका झण्डै १६ लाख बालबालिका रहेकाले उनीहरुले नखाए सम्म पोलियो थोपा खुवाउने कार्यक्रम जारी रहने मन्त्रालयले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया