Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख २, २०८२
Tuesday, April 15, 2025

काठमाडौं – लोक तथा दोहोरी गायिका सीता थापा मगरको अर्को कौडा गीत ‘आउ न त कानछी’ को म्युजिक भिडियो हालै बजारमा आएको छ ।

गोरखाली गायिका थापा मगर र गायक पवन राना मगरको स्वरमा सजिएको उक्त कौडा भाकाको म्युजिक भिडियोमा सबिता राना मगरको अभिनय रहेको छ । दिवान किनारको लय तथा शब्द रहेको सो कौडा भाकाको म्युजिक भिडियोमा खेम थापा मगरको छायाङ्कन र विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको छ ।

निर्भाणा कला केन्द्रको प्रस्तुती उक्त कौडा भाकाको म्युजिक भिडियोमा गाउँघरको परिवेशसंगै मायाप्रीतिको कथाबस्तु उजागर गर्न खोजिएको छ । बिशेषगरी मगर समुदायको साँस्कृतिक धरोहरकोरुपमा लिईने कौडा भाकामा सीता र पवनको आवाज निकै जमेको बताईन्छ । पवन भन्छन् – ‘जुन जस्तै मुहार झलझली आँखैमा, आउ न त कानछी बस काखैमा’, प्रत्युत्तरमा सीता भन्छिन् – ‘छ भनि भागेर कसरी जानु खै, माया त कानछा छ नि सानु कै’ ।
सो म्युजिक भिडियोमा मनाङ गुरुङको निर्देशन रहेको छ ।

गायिका थापा मगरको यसअघि बजारमा आएको ’के दिउँ मायालुलाई ऐना दिए फुट्छ कि, रुमाल दिए छुट्छ कि’ गायक ईन्द्र सिग्देलसंग गाएको रोयला भाकाको म्युजिक भिडियो पनि दर्शक स्रोताहरुद्वारा निकै रुचाईएको सिर्जना मानिन्छ । पछिल्ला समयमा मेला महोत्सव तथा देश बिदेशका कार्यक्रमहरुमा ब्यस्त रहंदै आएकी लोकप्रिय गायिका सीताको रोयला, कौडा लगायत थुप्रै तीजका गीतहरु चर्चामा छन् ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया