Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ। फागुन १७ गतेको मितिमा प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले रिक्त रहेका चार वटा प्रतिष्ठानका उपकुलपति नियुक्त गर्नु भएको हो ।

उपकुलपति चयनका लागि सरकारले गठन गरेको सर्च कमिटीले सिफारिस गरेका तीन–तीन जनाको सुचीबाट प्रधानमन्त्रीले उपकुलपतिहरुको नियुक्त गर्नु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. भरतकुमार यादव, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डा. राजकुमार रौनियार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. बुद्धिबहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. राजेन्द्र वाग्लेलाई नियुक्त उपकुलपतिमा नियुक्त गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले केही दिनअघि नै उपकुलपतिहरु चयन भइसकेको जानकारी दिनुभयो। निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागू गरिसकेकाले सरकारले आचार संहिता लागू हुनुभन्दा अगाडिकै मितिमा उपकुलपतिहरु चयन गरेको हो। रिक्त उपकुलपति छनौट गर्न सरकारले स्वास्थ्य मन्त्री गगन थापाको संयोजकत्वमा सर्च कमिटी गठन भएको थियो।

सो कमिटीमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य डा. गीताभक्त जोशी सदस्य थिए। उक्त कमिटीले उपकुलपति हुन चाहनेका लागि कार्ययोजना सहित पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो। सोही कार्यायोजनाको आधारमा तीन तीन जनाको नाम सिफारिस गरेको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया