Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले विपन्न नागरिकलाई स्वास्थ्यसेवा दिनु मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने मूल नाराका साथ पाँचौं स्वास्थ्य सेवा दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले विपन्न नागरिकसम्म स्वास्थ्य सेवा पु¥याउनका लागि औषधि सस्तो बनाउन मन्त्रालय लागिपरेकोे बताउनुभयो ।

उहाँले भन्नुभयो, “सर्वसाधारणलाई सेवा विस्तार गर्न नेपाली सेना र नेपाल प्रहरीका अस्पतालसँग सहकार्य गरेर काम गर्न मन्त्रालय लागिरहेको छ । ” उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोगै लाग्न नदिनका लागि काठमाडौँका विभिन्न १० स्थानमा स्वास्थ्य केन्द्र राख्न लागिएको जानकारी दिँदै ऐन संशोधनका लागि आफू कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मुख्यसचिव डा सोमलाल सुवेदीले जनतालाई गुणस्तरीय स्वास्थ्यसेवा दिने काममा मन्त्रालय गम्भीर हुनुपर्ने बताउँदै कर्मचारीहरुलाई राजनीतिभन्दा कामतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्र उप्रेतीले जनतालाई दिने सेवाप्रति मन्त्रालय कन्जुस्याइँ गर्दैन भन्नुभयो । कार्यक्रममा स्वास्थ्य सेवामा उत्कृष्ट योगदान पु¥याएका जिल्ला कार्यालय अछाम, सुर्खेत र बैतडीलाई सम्मान गरिएको थियो ।

यस्तै उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार–२०७३ जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाका सुपरभाइजर ध्रुवलाल उराँव, जिल्ला स्वास्थ्य कार्यालय तनहुँका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझी, राष्ट्रिय एड्स तथा यौन रोग केन्द्र जनस्वास्थ्य निरीक्षक उषा अर्याल भट्ट र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका आयुर्वेद निरीक्षक स्व सुरेन्द्र शाहलाई प्रदान गरिएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया