Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

आराम छु आरामको कामना
छोरीले खोज्दी हुन,छोराले सोध्या हुन
उनीहरुकै धडकनमा छु भन्दिनु
आमाले भन्दी हुन दिन गन्न तिमीलाई
थोरै अंक सुन्दा खुशी हुन्छिन मेरी आमा
त्यसैले
दिन हैन,महिना हैन ,बर्ष गन्दिनु ।

साइली प्रिया
पल्ला घरे कालीले नयाँ सारी लाउदा
माथिल्ला घरेले सुनको चुरा लाउदा
सुरु हुन्थ्यो तिम्रो भासन
मलाई गाह्रो थ्यो पुर्याउन रासन
नसक्ने मागको नारा लगाउथ्यौ हर साझ हर बिहान
त्यही तिम्रो नारालाई साकार पार्न परदेसिएको म
गरीब छु म
त्यसैले ,सक्दिन म मुल्य तिर्न
नरसाउ तिम्रो आँखा, नभिजाउ त्यो सिरान ।

साइली प्रिया
तिमी भन्थ्यौ बारी थोरै भो
खान लाउनै बिजोग , किन बिहे गर्या यस्तोले
अब तिमी चिन्तै नगर
बारी किन्ने पैसा हुनासाथ आउनेछु
अनी तिमीसङ्रै खेतिपातीमा धाउनेछु
छोरा(छोरिलाई राम्रो बोर्डिङमा लाउनेछु ।
साइली प्रिया
मरि लानु के छ,भन्छौ अहिले
पहिले भन्थ्यौ, न त मनको खान, नत लाउन पाए
दुई दिनको जिबनमा, तीन दिन दुस्ख पाए
म भन्छु,
बिरहका बिलौना गाउदै नगाउनु
तिम्रा हर चाहना पुरा गर्न परदेशमा गर्दैछु पहरे
म कहाँ हुँ र परिवार छोडि अन्तै बस्ने रहरे ।

साइली प्रिया
हासो–रोदन, मिलन–बिछोड, सुख–दुःख नभए
अर्थै के जिबनको
सङ्घर्स जारी छ , लागि खुशी अनी मिलनको
म आएछी,
हामीलाई दुर्दशामा फसाइ
मोजमस्ती गर्ने ब्वासाहरुलाई हराइ हामी जितौला
पहाड(मशेस, आर्यन(मङगोल, छुत(अछुत बिचको फाटोलाई
सबै मिलिजुली सङ्गै सिऔला ।

साइली प्रिया
मिलनको दिन आउँदैछ चाडै
लगाइ बस्नु चुरा,पोते,सारी रातै
आजलाई यती
मेरो माया सधैं तिमीलाई ताजै ।।

उही तिम्रो,परदेशी साइलाः रामभक्त राई

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया