Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – स्वास्थ्य मन्त्री गगन थापाले नसर्ने रोगको जोखिम नियन्त्रण ‘पेन प्याकेज’ कार्यक्रम थप ८ जिल्लामा लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले कैलाली र इलाममा सुरु गरेको यो कार्यक्रमलाई थप ८ जिल्लामा लागू गर्न लागिएको उहाले ट्विटरमार्फत जानकारी दिनुभएको हो । यो कार्यक्रम पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहटमा पनि सञ्चालन गर्ने उहाले जानकारी दिनुभयो ।

‘यसबर्ष इलाम र कैलाली दुई जिल्लामा सुरु गर्ने र आगामी पाँच बर्ष भित्रमा ५ सय स्थानबाट सेवा दिने पूर्व योजनालाई खारेज गर्दै यसैबर्ष ५ सय स्थानबाट यो कार्यक्रम सुरु गर्ने भन्दा महत्वाकांक्षी योजनाको रुपमा हेरिएको थियो तर अहिले त्यसका लागि आवश्यक तयारी पूरा भई कार्यान्वयन चरणमा पुगेको छ’ थापाले ट्विटरमा भन्नुभएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नेपालमा सन् २०१० मा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या ५१ प्रतिशत रहेको थियो तर सन् २०१४ मा पुग्दा यो प्रतिशत बढेर ६० पुगेको छ ।

संसारमै तीब्र रुपमा बढ्दै गएको नसर्ने रोगको जोखिम न्युनीकरण गर्न विश्व स्वास्थ्य संगठनले यो कार्यक्रम अघि सारेको हो । यो कार्यक्रममा नसर्ने रोगको जोखिम न्युनीकरणका उपाय, रोकथाम र उपचार लगायतको प्याकेज रहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया