Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

उदयपुर –त्रियुगा नगरपालिका– २ ढिम्की तटमा रहेको ढिम्की शिवालय मन्दिर आसपासको क्षेत्र र बरुवा वन क्षेत्रको संवेदनशील स्थानबाट ट्याक्टर व्यवसायीले अवैधरुपमा ढुङ्गा निकासी गर्ने गरेका छन् । शिवालय मन्दिर र गाईघाट बजार कटान नियन्त्रण गर्न निर्माण गरिएको तटबन्ध समेत भत्काउँदै उक्त ठाउँमा रातिको समयमा ढुङ्गा निकासी गर्ने गरिएको स्थानीयवासी दुर्गा पराजुलीले जानकारी दिनुभयो ।

सो संवेदनशील क्षेत्रबाट गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न जिल्ला विकास समिति र त्रियुगा नगरपालिकाले प्रतिबन्ध लगाएको छ । सम्बन्धित निकायले अनुगमन र रेखदेख नगर्दा केही स्थानीयवासी ढुङ्गा तस्करसँग मिलेर अवैधरुपमा गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्दैआएका छन् । तस्करले प्रतिट््याक्टर रु चार हजारदेखि रु चार हजार ५०० का दरले ढुङ्गा गिट्टी बिक्री गर्ने गरेका स्थानीयवासी नरेन्द्र कार्की बताउनुहुन्छ ।

विसं २०३०, २०३९ र २०४८ मा बरुवा नदी गाईघाट बजारतर्फ प्रवेश गर्दा सयौँं बिगाहा जग्गा बगरमा परिणत भएको थियो भने सयौँं परिवार विस्थापित भएका थिए । त्यसपछिका दिनमा ढिम्क क्षेत्रमा तटबन्ध निर्माण गरिनुका साथै उक्त क्षेत्रबाट ढुङ्गा गिट्टी र बालुवा निकासी गर्न प्रतिबन्ध लगाइएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया