Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – यो सत्य हो कि उच्च चिल्लो तथा बोसोयुक्त खानेकुराको सेवन जो कोहीका लगि पनि लाभदायक हुँदैन । तर सवाल यो उठ्दछ की यसको मापदण्ड के हुने ?
आखिर धेरै बोसोयुक्त खानेकुरा कत्तिको नोक्सानदायक हुन्छ ?

डाक्टर जोए विलियम्स भन्नुहुन्छ, धेरै फ्याटयुक्त खानेकुराले गर्ने असर महिला र पुरुषमा फरक फरक हुन्छ । धेरै फ्याटयुक्त खानेकुरा खानाले हाम्रो वजन बढ्दछ तथा मुटु सम्बन्धी समस्या पैदा हुने खतरा हुन्छ । खासगरी जब तपाइँ ओमेगा सिक्स फ्याट जस्तो खराब खाले चिल्लो पदार्थ धेरै खानुहुन्छ ।

यो फ्याट विभिन्न खाले प्याकेट बन्द खानेकुराहरुमा धेरै पाइन्छ । ससेज, पेस्ट्रिज तथा केक जस्ता यस्ता खानेकुरामा हुने खराब फ्याटको असर पुरुषको तुलनामा महिलामा कम पर्ने देखिएको छ । हालै गरिएको एक अध्ययनका क्रममा केही महिला तथा पुरुषहरुलाई हप्ताभरका लागि धेरै फ्याटयुक्त खानेकुरा खान दिइयो ।

यसबाट उनीहरुले आफ्नो ब्लड सुगरको लेभलमा कस्तो प्रकारले नियन्त्रण राख्न सक्दछन् र रगतमा भएको चिनीको मात्रामा यसले कस्तो असर पार्दछ भन्ने कुरा थाहा पाउन चाहन्थे शोधकर्ताहरु । परीक्षण सुरु हुनुअघि सरीरमा बोसोको उपस्थिति तथा ब्लड सुगरको लेभल रेकर्ड गरियो । प्रयोगमा भाग लिने मानिसहरुलाई एक ग्लूकोज मिटर दिइयो ता की उनीहरु आफ्नो ब्लड सुगरमाथि निगरानी राख्न सकून् ।

शोधमा सहभागी गराइएका मानिसहरुलाई सामान्य अवस्थाको तुलनामा ५० प्रतिशत धेरै क्यालोरीयुक्त खाने कुरा दिइयो । जब एक हप्तापछि नतिजा आयो तब रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने मामिलामा पुरुषको अवस्था १४ प्रतिशतले खराब पाइयो महिलाको तुलनामा । टाइप टू मधुमेहको मुख्य कारण यो हो की मानिसहरु आफ्नो ग्लूकोज लेभलमा नियन्त्रण राख्न सक्दैनन् ।

यद्यपि यो एउटा प्रयोग मात्र थियो तर दुनियाँमा अक्सर यस्तो हुन्छ की मानिसहरु स्वास्थ्यका लागि हानिकारक फ्याटको सेवन गरिरहेका हुन्छन् । तर यस्तो चिल्लोको असर महिलाको तुलनामा पुरुषमा बढि खतरनाक हुने तथ्य पछिल्लो अध्ययनले पत्ता लगाएको छ । र, सबाल उठ्छ की पुरुषसँग कुनै बाटो छ यसबाट जोगिने ? सबैभन्दा राम्रो सल्लाह त यो हुन्छ की सन्तुलित खानेकुरा खाने, कसरत गर्ने र स्वस्थ रहने ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया