Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

महेन्द्रनगर – ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन् ।

आन्दोलनका कारण धनुषा जिल्लामा सयौँ बालबालिका खोपबाट वञ्चित भएका छन् । आन्दोलनले ग्रामीण क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्यकर्मी सदरमुकाम जनकपुरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा फागुन १ गतेदेखि धर्नामा बसेका छन् ।

अञ्चल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा सेवा ठप्प छ । औषधि अभावको मार खेप्दै आएका सर्वसाधारणले स्वास्थ्यकर्मीको आन्दोलनले सिटामोलसम्म पाउनबाट वञ्चित भएका छन् ।

स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा नबसेर आन्दोलनमा गएपछि गाउँमा पेट दुख्ने, ज्वरो आएका सामान्य बिरामी निजी अस्पताल तथा क्लिनिक धाउन बाध्य छन् । धर्नाले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालयका कामसमेत प्रभावित भएका छन् । बालबालिकालाई लगाइने नियमित खोप, तथ्याङ्क सङ्कलन, जिल्ला तथा केन्द्रबाट सञ्चालित तालिम, गोष्ठीलगायत कार्यक्रम हुन सकेका छैनन् ।

खोप तथा पोलियो थोपाबाट वञ्चित भएका दुधे बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन् । धर्नाका कारण करिब दुई लाख बालबालिका खोप कार्यक्रमबाट वञ्चित भएका छन् ।

धर्नाका कारण अञ्चल अस्पताल जनकपुरसहित पाँचवटा प्राथमिक स्वास्थ्य केन्द्र, ९८ स्वास्थ्य चौकी र जनकपुरमा रहेका सहरी क्लिनिकमा समेत बालबालिकालाई दिइने खोप कार्यक्रम प्रभावित भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया