Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

जापानमा हुनेगरेका अधिकाँश नेपाली कार्यक्रमहरुमा औपचारिकताको नाममा अनावश्यक समय खर्च भईरहेको तथ्य हाम्रोसामु छर्लङ्ग छ । नेपालीहरुको संख्यामा आएको बृद्धिसंगै संघसंस्थाहरुको संख्या पनि बढ्ने क्रम जारी छ । जापानमा हरेक सप्ताहन्तका बिदामा एकैदिनमा थुप्रै कार्यक्रमहरु आयोजना हुने गर्दछन् । सँधै उस्तै प्रकृतिको, उनै अनुहारहरु र उनै पट्याईलाग्दा कुरा सुन्नुपर्ने ती कार्यक्रमहरुप्रति यहाँका औसत नेपालीहरुको आकर्षण घट्दो छ । औपचारिकताको नाममा घण्टौसम्म हुने आसन ग्रहण, ब्याच तथा खादार्पण र सबैभन्दा अरुचीकर बन्दै गएको भाषणबाजीले कार्यक्रमहरु थप निरसिला बन्दै गईरहेका छन् । जापानको अत्यन्त महङ्गो र ब्यस्त समय खर्च गरेबापत कार्यक्रमबाट समाजले अपेक्षित प्रतिफल, सन्देश वा उपलब्धि हासिल गर्न सकिरहेको छैन । आयोजकले आत्मरती पुरा गर्नका लागि मात्र र पुरानै ढाँचामा कार्यक्रम आयोजना गरिरहनुको अब अर्थ छैन ।

ठोस उद्देश्य प्राप्तीका लागि अब नयाँ शैलीका नयाँपन दिने कार्यक्रमहरु प्रतिपादन हुनु जरुरी छ । समुदाय लाभान्वित हुने खालका गुणस्तरिय कार्यक्रम उत्पादन गर्न त्यति सजिलो भने छैन । सबैभन्दा सजिलो त हामीकहाँ जतिबेला पनि हुने गरेका अन्तर्क्रिया कार्यक्रम नै हो, भलै त्यहाँ अन्तर्क्रिया नै हुने गरेको पाईदैन । बिषयवस्तुको गहनता, गाम्भीर्यता र मुल मर्ममा प्रमुख अतिथि वक्ता नै प्रवेश गरेको विरलै उदाहरण पाईन्छ, न त यतातिर आयोजक पक्ष नै सचेत देखिन्छन् । यो हामीकहाँ हुने गरेका तथ्यगत धरातलीय यथार्थता हो । यस्ता कार्यक्रमहरुले जापानमा बस्ने हामी नेपालीहरुको बौद्धिक औकातको पनि मापन गरिरहेको हुन्छ । त्यसैले हाम्रा कार्यशैलीलाई परिवर्तन गर्न अब तयार हुनैपर्दछ ।

कुनै पनि कार्यक्रम गर्दा निश्चित लक्षित समुह किटानीका साथ सम्बन्धित बिषयमा केन्द्रित हुनेगरी यथेष्ट गृहकार्य र पूर्वतैयारी गरिनु आवश्यक छ । बिषय र परिस्थिति अनुसार कार्यक्रमको युनिक नामाकरण, ब्यानरको आकर्षक डिजाईन, सटिक कार्यक्रमको रुपरेखा, उत्कृष्ट सञ्चालन बिधि, कुशल उदघोषकको चयन, कार्यक्रमको प्रकृतिअनुसार प्रमुख अतिथि तथा अन्य अतिथिहरुको चयन, बिषयसंग सम्बन्धित सीमित वक्ताहरुको चयन, वक्ताहरुलाई सचेत गराउँदै दिईने बिषयगत भूमिका र समय, पूर्व तैयारीका साथ उपस्थित हुन गरिने अग्रिम सूचना, मर्यादाक्रमको यथेष्ट सजगता लगायतका कुराहरुमा मात्र ध्यान दिने हो भने पनि हाम्रा कार्यक्रमहरु स्वतः स्मार्ट बन्दै जानेछन् । खुशी बनाउनकै लागि एउटै संस्थाबाट धेरै जनालाई आसन ग्रहण गराउने, खादा पहिर्‍याउने, उदघोषकले उपस्थित अनुपस्थित अतिथिहरु सबैको नाम होलसेलमा सम्बोधन गरिदिने, समय र बिषयबस्तुको ख्यालै नगरिकन बोल्न लगाउने जस्ता प्रचलित सँस्कारबाट माथि उठ्न जरुरी छ ।

समयको बचत गर्दै कार्यक्रमलाई रोचक बनाउन आयोजकले अब नयाँ नयाँ शैली प्रयोग गर्नुपर्दछ । आमन्त्रित अतिथिहरुलाई हलमा प्रवेश गर्नासाथ ब्याच, खादाले सम्मान गरी तोकिएको स्थानमा सुरुमै आसन ग्रहण गराएमा धेरै समयको बचत हुन सक्छ । दर्शकदिर्घा भन्दा मञ्चमा आसिन गराईने अतिथिहरुको भिडलाई पनि नियन्त्रण गर्न आवश्यक छ । कार्यक्रमको सभापति र प्रमुख अतिथि बाहेक अरु सबैलाई कार्यक्रमको अग्रभागमा मिलाएर राखेमा कसैलाई असहजताको महशुस हुने अवस्था पनि आउँदैन र कार्यक्रम अनावश्यक भद्दा पनि देखिदैन । कार्यक्रममा आयोजकको तर्फबाट स्वागत गर्दै उदघोषकले कार्यक्रम सुरु गरेमा स्वागत भाषणका लागि थप अर्को ब्यक्तिको आवश्यक पर्दैन । उदघोषकले पनि जतिसक्दो आफु कम बोलेर अरुका लागि समय बचाईदिने चलाखी गर्नु राम्रो हुन्छ । आयोजक पक्षबाट पनि सकभर कम ब्यक्ति बोलेर आमन्त्रित अतिथिहरुलाई बिषयमा धारणा राख्न दिनु अर्को बुद्धिमानी हो तर हामीकहाँ सबैलाई भूमिका पुर्‍याउनुपर्ने सँस्कार नै गलत छ, यसलाई अब तोड्नुपर्दछ । जापानको नेपाली समाजलाई सहि दिशातिर लैजाने हो भने जिम्मेवार अगुवाहरु बेलैमा सचेत हुन आवश्यक छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया