Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

६ महिनासम्म बच्चालाई आमाको दूधबाहेक अन्य खानेकुरा मात्रै होइन, गाई–भैँसी या पाउडर दूध पनि खुवाउन नहुने चिकित्सकहरू बताउँछन् । रोगप्रतिरोधात्मक क्षमता निकै कमजोर हुने यो उमेर समूहका बच्चालाई आमाबाहेकको दूध खुवाउँदा समस्या हुनेचाहिँ के हो ? बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं भन्नुहुन्छ,

डा. रामहरि चापागाईं
बालरोग विशेषज्ञ,
कान्ति बाल अस्पताल

—आमाको दूधमा रोगप्रतिरोधात्मक क्षमता बढी हुने मात्रै होइन, सीधै निप्पलबाट बच्चाको पेटमा पुग्ने भएकाले किटाणुरहित हुन्छ । तर, आमाबाहेकको दूध खुवाउ“दा विभिन्न माध्यमबाट किटाणुहरू दूधसँगै बच्चाको पेटमा पुगेर रोग निम्त्याउन सक्छ ।

—आमाको दूधमा बच्चालाई चाहिनेजति क्याल्सियम, इनर्जी, माइक्रोन्युक्लेन्ट, पोटासियम, फस्फोरस, कार्बोहाइड्रेड, प्रोटिन सबै पाइन्छ । तर, गाई, भैँसी र पाउडरको दूधमा यस्ता तत्व कम या बढी हुन्छन् । कम र बढी दुवैले समस्या निम्त्याउँछ ।

—आमाको दूध पचाउन बच्चालाई जति सजिलो हुन्छ, अन्य दूध सजिलै पच्दैन । गाई–भैँसीको दूधमा पौष्टिक तत्व बढी हुन्छ । यसलाई बच्चाले पचाउन सक्दैनन् र मिर्गौलामा असर गर्न सक्छ । पाउडर दूधमा सबै पोषक तत्व पाइँदैन । पोषक तत्व कम भएको दूध पिलाउ“दा बच्चालाई कुपोषण हुन सक्छ ।

—पाउडर दूध बढी स्वादिलो हुन्छ । बच्चालाई यसको लत लागेपछि आमाको दूध चुस्न मान्दैनन् । पछि अन्य खानेकुरामा पनि ध्यान दि“दैनन् । त्यसैले पाउडर दूध पिलाएर बच्चालाई स्वादे जिब्रोको बनाउनु हुँदैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया