Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

मोरङ –अन्तर्रा्ष्ट्रिय उत्पादनले नेपाली बजार ओगटेपछि नेपालमा उत्पादन भएको छाला जुत्ताको कारोबार ओझेलमा परेको छ । नेपालमा गुणस्तरीय छालाका जुत्ता उत्पादन भए पनि भारत, चीनलगायत देशमा उत्पादित छालाका जुत्ताले बजार पाएको छ । माग अनुसारको मोडलका जुत्ता उत्पादन गर्न नसक्दा नेपाली उत्पादनले बजार पाउन नसकेको हो ।

नेपालमा पुँजी र दक्ष जनशक्तिको समेत अभाव छ । पुँजी र दक्ष जनशक्ति अभावका कारण उत्पादनमा समेत ह्रास आएको छ । यस व्यवसायलाई आधुनिकीकरण गर्न नसक्दा ओझेलमा विराटनगरका जुत्ता उद्योगी चेतन निरौला बताउनुहुन्छ । “नेपालमै छालाको जुत्ता उत्पादनका लागि चाहिने कच्चा पदार्थ उत्पादन हुन सकेकोे छैन,” उहाँले भन्नुभयो । नेपाली उत्पादन महँगो भएका कारण समेत कारोबारमा ह्रास आएको हो ।

यहाँका व्यवसायीले प्रतिस्पर्धा गर्नकै लागि भारत, चीनलगायत देशबाट कच्चा पदार्थ आयात गर्ने गरेका सनराइज शुज कम्पनीका सञ्चालक विशाल श्रेष्ठ बताउनुहुन्छ । विसं २०५४ बाट उत्पादन सुरु गरेको उक्त कम्पनीले सुरुवातमा मुनाफा आर्जन गरेको थियो । यस कम्पनीले स्थापनाकालमा वार्षिक रु ५० लाखभन्दा बढीको कारोबार गर्ने गरेको थियो ।

नयाँ प्रविधि र दक्ष जनशक्तिसहित २०६२ सालबाट उत्पादन सुरु गरेको विराटनगर–६ मा रहेको ग्यालेक्सी शुज उद्योगका सञ्चालक चेतन निरौला अन्तर्रा्ष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन हुँदै गएको बताउनुहुन्छ । “मागअनुसारका जुत्ता चप्पल उत्पादन गर्न सके मात्र प्रतिस्पर्धा गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया