Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकले आफूले छानेको एउटा विषेश नम्बरमा सुलभ दरमा कुरा गर्न सक्ने अफर ल्याएको छ । यस्तै रिङ ब्याक टोनमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । बुधबारदेखि लागु हुने गरी एनसेलले भ्यालेनटाइन डे अर्थात प्रणय दिवशको अवसारमा दुई आकर्षक योजना सार्वजनिक गरेको हो ।

नसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग पेयर गरी सुलभ दरमा कुरा गर्न सक्ने अफर ल्याएको हो । आफ्नो नम्बरसँग आफूले चाहेको अर्को एनसेल नम्बर पेयर गरी मात्र ५० पैसाप्रति मिनेटमा कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् ।

प्राप्त एसएमएस १५ दिनको लागि मान्य हुने र निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा मात्र पठाउन सकिने एनसेलले जनाएको छ । १७१०६ डायल गरी यो सेवा निःशुल्क सुचारु तथा आफूले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् ।

त्यस्तै पिआरबिटी सेवाको छुट अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७११७ डायल गरी प्राप्त निर्देशन अनुसार २० वटा रोमान्टिक गीतहरुको सूचिबाट आफ्नो रोजाइको गीतलाई ५० प्रतिशत छुटमा आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् । यी दुवै अफर १५ दिनका लागि मान्य हुने एनसेलले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया