Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – भारतमा जारी दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालको खराब प्रदर्शन जारी छ । आइतबार भएको खेलमा नेपाललाई श्रीलंकाले १ सय ३१ रनले हराएको छ ।

खेलमा टस जितेर पहिले व्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २ सय ७४ रन बनायो । श्रीलंकाको लागि सुरंगा सम्पथले रिटायर्ड हर्ट लिुनुपूर्व १ सय ११ रन जोडे भने रुवन बसन्थाले ७६ रनको योगदान दिए ।

जवाफमा २ सय ७५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कृतन श्रेष्ठ दुवालले अविजित ३७ रन जोड्दा सुनिल थापा मगरले ३८ रनको योगदान दिए ।

जारी प्रतियोगितामा यो नेपालको पाँचौ हार हो । यसअघिका ६ खेलमध्ये नेपाल एक खेलमा मात्रै विजयी भएको छ । नेपालले दक्षिण अफ्रिकालाई हराउँदा अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश र वेष्ट इन्डिजसँग पराजय भोगेको थियो ।

१० टोली सहभागी प्रतियोगिताको लिग चरणमा शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया