Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११६ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले सात दशमलव पाँच ओभरमा कुनै विकेट नै नगुमाई लक्ष्य भेट्टायो । नेपालका सुनिल रानामगरले ४०, रमेशबहादुर बाँनियाले १५ र लोकबहादुर थापाले १० रन जोड्नेबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
यता, पाकिस्तानका लागि भने रियासद खानले ५६ तथा मति उल्लाहले ५० रन जोडे । नेपालले यसअघि खेलेको तीन खेलमा एक खेलमा जित तथा बाँकी दुई खेलमा हार बेहोरेको थियो । नेपालले हिजो बिहीबार भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा ६ विकेटको जित हासिल गरेको थियो भने बुधबार बङ्गलादेशसँग ५९ रनले तथा मङ्गलबार अस्ट्रेलियासँग १० विकेटले पराजित भएको थियो । नेपालले भोलि शनिबार वेस्ट इन्डिजसँग खेल्नेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया