Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – तपाईँको आवाजले तपाईलाई लाग्न सक्ने रोगको बारेमा जानकारी दिन सक्नेछ । साथै यसको अध्ययन गर्दा तपाईमा कुन रोग लाग्न सक्छ भन्ने जानकारी पनि प्राप्त गर्न सकिने बताइएको छ ।

अमेरिकाको एक स्टार्ट अप कम्पनी ‘क्यनरी स्पीच’ ले आवाजको विश्लेषण गरि न्युरोलोजिकल र अरु प्रकारका रोगहरुको बारेमा पत्ता लगाउने प्रबिधि विकास गरिरहेको छ । सो प्रबिधिमार्फत पार्किन्सन्स रोगदेखि अन्य अन्य विभिन्न रोगहरुको लक्षण समय भन्दा अघिनै पत्ता लगाउन सकिने बताइएको छ । बताइएअनुसार यो सुरुवात कम्पनीका संस्थापक हेनरी ओ कोनेलको व्यक्तिगत अनुभवबाट गरिएको हो ।

कोनेलका एक पुराना साथीलाई ६ वर्षदेखि पार्किन्सन्स रोगको उपचार चलिरहेकोमा उहाँलाई यो रोग दशवर्ष अघिदेखि लागेको पाइएको थियो । कोनल भन्नुभयो, “मेरो साथीलाई लागेको रोगकोबारे ठिकसँग पत्ता लाग्यो । पहिला उहाँलाई मांसपेशि र नसामा पिडा हुन्थ्यो । उहाँलाई यसअघि धेरै पटक उपचार पनि गरिएको थियो ।”

उहाँले अगाडि भन्नुभयो, “मांसपेशिमा र नसाको दुखाइ बिस्तारै बढ्न थाल्यो जो पार्किन्सन्स रोगसँग जोडिएको थियो । यो रोग नियन्त्रणमा आएन । त्यसैले सही उपचार गर्न सकिएन सोही कारण झन तीब्र रुपमा बढेर गयो ।”

क्यानरी स्पीचले अल्जाइमर्स वा पर्किन्सन्स रोगबाट पीडित मानिसको आवाजको अध्ययन गरि एक एल्गोरिथम बनायो । जसबाट लाग्न सक्ने सम्भावित रोग वा नियन्त्रणमा आइसकेपछिको लक्षण पत्ता यसबाट लगाउन सकियोस् ।

यसमा प्रयोग हुने शब्द वा बोलचालको गुणस्तरको अध्ययन गर्न सकिने बताइएको छ । यो अध्ययनको आधारमा धेरै प्रकारका रोगका लक्षणहरु पहिल्यै पत्ता लगाउन सकिने बताइएको छ ।

उदाहरणका लागि रोगको एक लक्षण आवाज सानो वा मधुरो हुँदै जानु । रोग लाग्ने मानिस नजिकको मानिसको प्रभावमा पनि यस्तो हुन सक्छ । तर क्यानरी स्पीच सफ्टवेयर आवाजमा हुने समान्य परिवर्तन पनि पत्ता लगाउन सक्छ । यसको मुख्य उद्देश्य रोगको लक्षण समय भन्दा पहिले थाहा पाउनु हो । सुरुआति ट्रायलमा रोगी र उसको जाँच गराउने वास्तविक कुराकानीको विश्लेषण गरिने छ ।

बेलायतका राष्ट्रिय स्वास्थ्य सेवामा रोगको जाँचका प्रमुख टोनी योङले भने, “स्वास्थ्य सेवामा आर्टी्फिसियल इन्टेलिजेन्स र मेसिनको मुख्य भूमिका हुनेछ ।”

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया