Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – सरकारले आगामी चैत १ गतेदेखि सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न छुट्टै दर्ता चाहिने व्यवस्था गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ११(छ) बमोजिम सुर्तीजन्य पदार्थ बिक्री वितरणका लागि छुट्टै दर्ता र छुट्टै पसलको व्यवस्था गरेको हो । 

स्वास्थ्य मन्त्री गगन थापाका अनुसार फागुन मसान्तभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न आन्तरिक राजस्व कार्यालयबाट सुर्तीजन्य पदार्थको कारोबार गर्ने इजाजतपत्र लिएर छुट्टै पसलमा मात्र बिक्री वितरण गर्न पाइनेछ । ‘दैनिक उपयोग्य वस्तु बिक्री गर्ने पसलमा सुर्तीजन्य पदार्थ कारोबार गर्न रोक लगाइएको छ,’ मन्त्री थापाले भने, ‘खुल्लारुपमा वा अन्य पसलमा बिक्री गर्नेलाई कानुनी कारबाही हुनेछ ।’

सरकारको यो निर्णयले जताततै खुला रुपमा भइरहेको सुर्तीजन्य पदार्थको बिक्री वितरणमा नियन्त्रण गर्नेछ । चैत १ गतेपछि सडकपेटीमा वा एउटै किरानाका पसलबाट पनि सुर्तीजन्य पदार्थ बेच्न पाइने छैन । सुर्तीजन्य पदार्थको कारोबारका लागि दर्ता गर्न २०७३ फागुन मसान्तभित्रको समय स्वास्थ्य मन्त्रालयले दिनेछ । सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन अनुसार सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्नसक्ने कानुनी व्यवस्था बमोजिम यस्तो निर्णय गरेको हो ।

साथै, इजाजत लिएका पसलले बिक्री कक्षको प्रवेशद्वारमा सजिलै देख्न र पढ्न सक्ने गरी १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने, गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने भनी सूचना राख्नुपर्नेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया