Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । कटकमा बिहीबार बेलुका सम्पन्न खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डलाई १५ रनले हराएको हो । 

भारतले प्रस्तुत गरेको तीन सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा तीन सय ६६ रन मात्रै बनाउन सक्यो । उसका कप्तान इयोन मोर्गानले एक सय दुई तथा ज्यासन रोयले ८२ रन बनाए । यस्तै माइन अलीले ५५ र जोए रुटले ५४ रन बनाए पनि हार टार्न सकेनन् । भारतका रविचन्द्रन आश्विनले तीन तथा जसप्रीत बुमराहले दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले युवराज सिंह र महेन्द्र सिंह धोनीको शतकको मद्दतमा तीन सय ८१ रन बनायो । युवराजले एक सय ५० तथा धोनीले एक सय ३४ रन बनाए । इंग्ल्याण्डका क्रिस वोक्सले चार तथा लिएम प्लुनकेट्टले दुई विकेट लिए । तीन एक दिवसीयको श्रृँखलामा लगातार दुई खेल जित्दै भारतले श्रृँखला आफ्नो पक्षमा पारेको छ । 

विराट कोहलीको कप्तानीमा खेलेको भारतले पहिलो एक दिवसीयमा इंग्ल्याण्डलाई तीन विकेटले हराएको थियो । भारत र इंग्ल्याण्डबिच दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट पनि हुनेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया