Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – चावहिल मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी नियमित पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् ।

पटक पटक प्रलोभन दिएर काम गर्न लगाएको व्यवस्थापन पक्षले आफ्ना निम्नस्तरका कर्मचारी र प्राविधिकलाई पारिश्रमिक दिनु त परैको कुरा उनीहरुको दैनिकी कसरी चलेको छ भन्ने समेत बुझ्न चाहेको छैन । यसअघि लामो समयदेखि पारिश्रमिक नपाएकै कारण काम छाडेर आन्दोलनमा उत्रेका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पुष २० गतेभित्र पारिश्रमिक उपलब्ध गराउने प्रतिवद्धता जनाएको व्यवस्थापन पक्षले दुई हप्ता बितिसक्दा पनि प्रतिवद्धता पूरा नगर्दा उनीहरुको रोजगार भविष्य अन्योलमा परेको छ । व्यवस्थापन पक्ष पनि तर्कने र प्रशासनिक निकायले पनि पहल नगर्दा आन्दोलित स्वास्थ्यकर्मी तथा कर्मचारीले पारिश्रमिक पाउने सम्भावना टर्दै गएको छ ।

यसअघि व्यवस्थापनपक्षको सहयोगी बन्दै कर्मचारी र स्वास्थ्यकर्मीले पारिश्रमिक पाउनेतर्फ अनुदारजस्तै बन्दै आएकी प्रशासन प्रमुख इरु पौडेलले अन्ततः व्यवस्थापन पक्षले गरेको प्रतिवद्धता पूरा नगरेकोमा आपत्ति प्रकट गर्दै यसै महिनादेखि जागिर छाडेकी छिन् भने आफूहरुलाई धेरै पटक झुलाइएको र अब अन्तिम पटकको अल्टिमेटम भएकाले समयमा पारिश्रमिक नपाए कहिल्यै काममा नफर्कने गरी आन्दोलनमा उत्र्ने र आफ्नो पारिश्रमिक लिएर अस्पताल नै छाड्ने सबै स्वास्थयकर्मीको एउटै आवाज देखिन्छ । करीव तीन दर्जन लगानीकर्ता रहेको उक्त अस्पतालको भवन स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको मापदण्डका त कुरा छाडिदिऊ, व्यवसायीक प्रयोजनका लागि बनाइएको भवनको नक्सा पास समेत छैन ।

त्यसो त नेपाल–भारत मैत्री अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालयबाट अस्पताल सञ्चालनका लागि लिएको अनुमती नियमित नविकरण समेत गरीएको अवस्था छैन । नविकरण नगरिएका चिकित्सालय अवैद्य हुने र त्यस्ता चिकित्सालयको अनुगमन गरी कारवाही गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै विषयलाई लिएर अस्पतालका अध्यक्ष पवन गुप्तासँग सम्पर्क गर्दा उनले अस्पतालको अध्यक्ष आफू भए पनि कर्मचारी र प्राविधिकले तलव पाए नपाएको बारे आफूलाई मतलव नहुने बताए ।

उनले भने, ‘तपाईं नेता हो ? कसले तलव पायो, कसले पाएन भनेर बुझ्ने ?’ आफू अध्यक्ष रहेको अस्पताल कसरी अगाडी बढीरहेको छ भन्ने तपाईंको पनि जिम्मेवारी हैन र भन्ने जिज्ञासामा अध्यक्ष गुप्ताले भने, ‘मेरो अस्पताल जसरी चलोस, तपाईंलाई के मतलब ? अनी जसले तलब पाएन भन्छ, त्यसले काम छाडेर गए भैगयो नि !’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया