Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

दमौली – छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा तीन करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ ।

महोत्सवको अन्तिम दिन आइतबार मात्रै ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेको र रु ५५ लाखको आर्थिक कारोबार भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक हरिबहादुर थापाले बताउनुभयो । महोत्सवको समापन गर्दै वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा महोत्सवले टेवा पुर्‍याउने बताउनुभयो ।

स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धन गर्न यस्ता मेला महोत्सवले सहयोग पुर्‍याउने उहाँको भनाइ थियो । महोत्सवका संयोजक कृष्णराज पण्डित, प्रवक्ता ईश्वर विष्ट, महासचिव वैकुण्ठनाथ मिश्र, तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष देवकुमार श्रेष्ठले महोत्सवले आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धनमा टेवा मिल्ने धारणा राख्नु भयो । महोत्सवको उद्घाटन काँग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभएको थियो ।

मादी र सेती नदीमा जलविहार, सरकारी कार्यालयबाट दिइने सेवा र सुविधासम्बन्धी स्टल, रमाइलो मेला, कृषि, बाल मेला, सुन्तला, मास आदि प्रर्दशनी महोत्सवको आकर्षण रहेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया