Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

टोकियो – पोखराका विश्वास पोख्रेल यति बेला जापानमा हुने वल्र्ड च्याम्पियनसिपमा भाग लिनका लागि प्रशिक्षणमा रहनुभएको छ । सानै देखि फुलकन्ट्याक कराँतेमा सहभागी हुँदै आउनुभएका विश्वास जापानको ओकिनावामा जनवरी २१ र २२ मा हुने खुला तौल समूहको उक्त च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

उक्त खेलमा विश्वभरिका ६४ खेलाडीहरु सहभागी हुँदै छन् । उहाँ अहिले पोखराको रगंशाला स्थित नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँतेका सस्ंथापक श्री शिव गुरुङसँग टेक्निकल प्रशिक्षणमा हुनुहुन्छ । पोखरा विश्वविद्यालयमा एम.वि.ए. अध्ययनरत पोखरा लेकसाइडका विश्वास नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँतेको ब्ल्याक बेल्ट सेकेण्ड डान हुनुहुन्छ । उक्त च्याम्पियनमा सफल हुन सक्ने खेलाडीहरुको रुपमा देखिएको उहाँका प्रशिक्षक शिव गुरुङले बताउनुभएको छ ।

विश्वास जस्ता खेलाडीहरु भित्र रहेको क्षमतालाई निखार्न सकियो भने नेपालले खेल क्षेत्रमा फड्को मार्ने उहाँ बताउनुहुन्छ । राज्यका सम्पतीका रुपमा लिनु पर्ने खेलाडीहरुलाई सरकारले बेवास्ता गरेता पनि नेपाललाई मेडल दिलाएरै छाड्ने संकल्पका साथ कडा मेहनत र प्रशिक्षण गरिरहेको उहाँले बताउनुभएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया