Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

कास्की  – कास्की फुटवल संघ नेपाललाई जापानबाट प्रदान गरिएको फुटवलका खेल सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
बाल फुटवल सहयोग समिति जापानका संयोजक शरद कुमार गौचनले खेल सामाग्रिहरु बल, बिवस्–टिसर्ट, फोटो एल्बम, झोला, म्यागेजिन र कलम आदि कास्की फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछाने र फुटवल प्रशिक्षकद्वय शम्भु केसी र राजेन्द्र तामाङ्गलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग समितिका संयोजक गौचनलाई विदेशमा रहेर पनि नेपालको खेल विकासको लागि योगदान गरेको भन्दै सम्मान पनि गरिएको थियो ।


कार्यक्रममा बाल फुटवल सहयोग समिति जापानका संयोजक गौचनले जापानको गतिविधि स्मरण गराउँदै २०१६ अप्रिल १, २ र ३ मा जापानमा सम्पन्न १२ वर्ष मुनिका जुनियर खेलाडिहरुको अन्तर्राष्ट्रिय फुटवल प्रतियोगितामा १३ जना खेलाडि र प्रशिक्षक गरि १४ जनालाई पहिलो पटक सहभागि बनाई सफल प्रतिफल प्राप्त गरेको बताउनु भयो । कोपा पुमा तोरेरोस २०१६ नामक उत्त जुनियर फुटवल प्रतियोगितामा नेपालले १७ औं स्थान ओगट्न सफल भएको बताउनु भयो ।


खेलाडि, प्रशिक्षकहरुले अन्तराष्ट्रिय स्तरमा खेलको महत्व, खेलप्रतिको लगाव, अनुशासन लगायत अनगिन्ति प्रत्यक्ष, अध्ययन अनुसन्धान पनि गर्न पाएको बताउँदै जापानमा तयारि चरणमा भए गरेका अनुभव, बाधा अड्चन र चुनौतिहरुको बारेमा विविध जानाकारि दिदै पहिलो पटकको सहभागितामा नेपालले उत्कृष्ट खेल प्रदशन गरेकोमा गौचनले खुशी पनि ब्यक्त गर्नुभयो ।


स्मरण रहोस्, जापानमा सम्पन्न यस फुटवल प्रतियोगिताको नेपाली टिमलाई सहभागिता गराउनको लागि बिभिन्न तवरले श्रोत र साधन जुटाउन सदस्यद्वय पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल र थसेस जापानका अध्यक्ष बुद्धि गौचन, सफल व्यवसायी प्रकाश तुलाचन, पूर्व राष्ट्रिय खेलाडि बसन्त गौचनहरुको सहयोग समिति सदस्य रहेको यस समितिका संयोजक शरद कुमार गौचनको सिङ्गो टिमले सम्पूर्ण व्यवस्थापन तर्जुमा मिलाएर नेपालकै प्रतिनिधित्व गरेर सानदारका साथ सगौरव रुपले सम्पन्न गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया