Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

एजेन्सी – आयरल्यान्डको प्रहरीले एउटा सिकारी कुकुर चोरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । यो कुकुरको मूल्य १० लाख युरो अर्थात् करिब १२ करोड नेपाली रुपैयाँ रहेको छ ।

क्लेयर्स रकेट नामको यो कुकुरलाई केही पहिले टिपरेरी काउन्टीको गोल्डन नामको ठाउँबाट चोरिएको थियो । त्यतिवेला यो कुकुर आफ्नो प्रशिक्षकसँग थियो । यो चोरीको तुलना सन् १९८३ मा भएको रेसको घोडा सेरगरको अपहरणसँग गरिएको थियो । प्रहरीले क्लेयर्स रकेट ‘सुरक्षित तथा ठीक अवस्था’मा उद्धार गरिएको जनाएको छ । आयरल्यान्डको जासुसी संस्थाको एक विभागका दुई कर्मचारीले यस विषयमा अहिले सोधपुछ गरिरहेका छन् । 

पक्राउ परेकामध्ये अरू दुईलाई चाहिँ क्लोनमेल गार्डा नामका ठाउँमा सोधपुछ गरिएको छ । कुकुरका विषयमा जानकार इयन फच्र्युनले बरामद भएको यो कुकुर ग्रेहाउन्ड रेसिङमा ‘सुपरस्टार’ मानिने बताएका छन् । बिबिसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘यसलाई फेला पार्नेलाई इनामस्वरूप ५४ हजार युरो दिने घोषणा भएको थियो । यस्तो घोषणा किन पनि भएको थियो भने यो कुकुर अहिले साढे दुई वर्षको पनि भएको छैन ।’

उनले यो कुकुर दौडिनका लागि अत्यन्त राम्रो भएको पनि बताएका छन् । ‘यसको दौड अत्यन्त तेज गतिमा हुन्छ,’ फच्र्युनले भनेका छन्, ‘यसका अगाडि अरू प्रजातिका कुकुर खासै राम्रा लाग्दैनन् ।’

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया