काठमाडौं – म्यानचेस्टर सिटीले एफए कप अन्तर्गत तेस्रो चरणको पहिलो लेगमा प्रभावितशाली जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा ५–० ले हराएको हो ।

सिटीलाई जिताउन याया टुरे, डेविड सिल्भा, सर्जियो अग्युरो र जोन स्टोनसले गोल गरे । वेष्ट ह्यामका हावार्ड नोर्डट्भाइटले एउटा आत्मघाती गोल गरे । 
सिटीले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । ३३ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै टुरेले सिटीलाई सुरुवाति अग्रता दिलाए । 
नोर्डट्भाइटले आत्मघाती गोल गरेपछि सिटीको अग्रता दोब्बर भयो । ४३ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । 
दोस्रो हाफमा थप दुई गोल भयो । ५० औं मिनेटमा अग्युरो तथा ८४ औं मिनेटमा स्टोनसले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार पुस २३, २०७३
प्रकाशित समय: १०:३०:१४