Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले नेपाली समयअनुसार दिउँसो सवा २ बजे विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ ।

नेपाल समूह एकको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह बीको उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दुई वर्षअघि पाकिस्तानमा भएको तेस्रो साफ महिला च्यापियनसिपमा नेपाल फाइनल खेलमा भारतसँग भिडेको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो ।

समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हासिल गर्दै ९ अङ्क जोडेको छ । नेपालले पहिलो भुटानविरुद्वको खेलमा ८–० को जित हासिल गरेको थियो । त्यसैगरी माल्दिभ्सलाई ९–० तथा श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै समूह चरणको खेलमा दुई खेल खेलेको भारतले एक खेलमा जित तथा एक खेलमा गोलरहित बराबरी खेलेको थियो । भारतले अफगानिस्तानलाई ५–१ गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो । भारतको चार अङ्क छ ।

सोमबार नै हुने अर्को सेमिफाइनल खेलमा बङ्गलादेश र माल्दिभ्स आमनेसामने हुनेछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया