Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

सोलुखुम्बु –  नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य चौकीमा एमबिविएस डाक्टरको नेतृत्व हुने बताउनुभएको छ ।

पर्यटन व्यवसायी वाङछु शेर्पाको स्मृतिमा याकु फाउन्डेसनले सोलुखुम्बुको टाप्टिङ गाविसमा स्थापना हुन लागेको अस्पतालको शिलान्यास गर्दै उहाँले अहिले तल्लो तहका स्वास्थ्यकर्मीको नेतृत्व रहेको स्वास्थ्य चौकीमा डाक्टरको उपस्थिति गराएर गाउँघरका नागरिकलाई उपचारका लागि टाढा पुग्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

मन्त्री थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य चौकीका भवन निर्माण गरिसक्ने बताउँदै बर्सेनि भवन निर्माणमै अल्झदा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुने भएकाले आगामी पाँच वर्षभित्रमा सबै स्वास्थ्य चौकीको भवन निर्माण गरिसक्ने गरी काम अघि बढिसकेको बताउनुभयो ।

अहिले स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको भन्दै उहाँले सबै भन्दा महत्वपूर्ण कुरा नागरिकले पैसाको अभावमा उपचार नपाई मर्नु नपरोस् भनेर स्वास्थ्य बिमा कार्यक्रम सरकारले अघि बढाइएको बताउनुभयो ।

मन्त्री थापाले सक्नेले वार्षिक दुई हजार ५०० देखि आठ÷दश हजार तिर्ने र नसक्नेको सरकारले तिरेर स्वास्थ्य बिमा गर्दा बिरामी परेका बेलामा साथमा एक रुपैयाँ नभए पनि ढुक्क भएर उपचार गर्न सकिने बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया