Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

कञ्चनपुर – औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका स्वास्थ्य चौकी र अस्पतालमा औषधिको चरम अभाव देखिएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने औषधिको दुई महिनादेखि अभाव भएको हो । 

औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो हात फर्कन वाध्य छन् । खरिद प्रक्रिया रोकिँदा आपूर्तिमा समस्या हुँदा जिल्लाभरि नै औषधिको अभाव भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । अत्यावश्यक औषधी सिटामोल, मेट्रो, डाइजिन, बी कम्प्लेक्स, लगायतका अत्यावश्यक औषधिको समेत स्टोरमै अभाव भएको छ । उपचारका लागि पिपलाडी स्वास्थ्य चौकी पुगेकी रामकली रानाले ज्वरोको औषधि सिटामोलसमेत नपाउँदा बाह्य क्षेत्रबाट खरिद गर्न स्वास्थ्यकर्मीले पर्चामा लेखेर पठाएको बताउनुभयो ।

स्वास्थ्य चौकीका प्रमुख तीर्थराज भट्टले स्वास्थ्य चौकीलाई निःशुल्क उपलब्ध हुने ३६ प्रकारका औषधिमध्ये चार÷पाँच प्रकारका औषधि मात्रै उपलब्ध रहेको बताउनुभयो । जिल्ला तहबाटै औषधि खरिदका लागि रु ४८ लाखमा टेन्डर आह्वान गरी घटाघटीमा रु २२ लाखमा टेन्डर स्वीकृत भएकाले दश/पन्ध्र दिनभित्रै ४० प्रकारका औषधि स्वास्थ्य संस्थामा आपूर्तिको व्यवस्था मिलाउन लागेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले बताउनुभयो ।

केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि जिल्लाबाटै औषधिको आपूर्ति गरिन लागेको उहाँको भनाइ छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया