Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

पछिल्ला केही वर्ष यता जापानमा नेपालीहरुको आगमनमा तिब्र बृद्धि भई ६० हजार नाघेको छ । मुख्यतयाः नेपालीहरु जापानमा ब्यापार, ब्यवसाय, रोजगारी, अध्ययन र अनुसन्धानमा संलग्न छन् । नेपालीहरुको संख्यामा आएको बृद्धिसंगै समस्या र चुनौतीका चाङहरु पनि थपिदैं छन् । जसअनुसार पछिल्ला समयमा नेपाली समुदायमा नयाँ नयाँ प्रकृतिका घटनाहरु पनि देखिन थालेका छन् । उचित समयमै उचित सरसल्लाहको अभाव र खराब संगतका कारण ठूलो संख्याका नेपाली युवाहरु जान-अनजानमा शरणार्थीको मान्यता दिईयोस् भन्नेतिर उद्यत छन् । जसले गर्दा आम नेपालीप्रतिको जापानको दृष्टिकोणमा सतहमै देखिने गरी असर परेको प्रतीत हुन थालेको छ । अर्कोतिर आधुनिक समाजको देखासिकीका नाममा हाम्रो समाजले पचाउनै नसक्ने लिभिङ टुगेदरको सँस्कृतिलाई जबर्जस्ती भित्र्याउन खोज्दा अप्रिय घटनाहरु पनि घट्न थालेका छन् । हाम्रो समाजमा यो एउटा अर्को गम्भीर समस्याकोरुपमा देखा पर्न थालेको छ ।

परिवर्तित समयअनुसार नेपालीहरुको ब्यवसायिक दायरा पनि क्रमिकरुपले फराकिलो हुँदै गएको छ, जुन स्वभाविक पनि छ । जसअनुसार नेपालीहरुले उच्च जोखिम मोलेर फरक फरक प्रकृतिका ब्यवसायहरु सञ्चालन गरिरहेका छन् । यद्यपि ब्यवसायिक संभाब्यता र बजार क्षमताको अध्ययन अनुसन्धान नै नगरी देखासिकीकै भरमा ब्यवसायमा हात हाल्ने मनोरोग भने नेपाली समुदायमा ब्याप्त छ । जसले चाहेर नचाहेर परस्परमा अस्वस्थ्य प्रतिस्पर्धाको स्थिति सिर्जना गराउनुका साथै ब्यवसायिकरुपमा असर पुर्‍याईरहेको हुन्छ । नेपालीहरु आपसमा मिलेर अन्य समुदायसंग ब्यवसायिक प्रतिस्पर्धा गर्नुपर्नेमा नेपालीहरु आपसमै प्रतिस्पर्धा गरिरहेको अवस्था छ जापानमा ।

अर्कोतिर हरेक दृष्टिकोणले संसारकै ध्यान आकृष्ट गर्न सफल शान्त, समृद्ध, सभ्य र अनुशासित मुलुक जापानमा बसेर जापानी समुदायलाई नै चकित पार्ने गरी नेपालीहरुबाट अशोभनीय क्रियाकलाप बढेकोले स्थानीय प्रशासनको ध्यानाकर्षण भएको खबरहरु बाक्लिन थालेका छन् । यो आम नेपालीका लागि चिन्ताको बिषय हो । जापानमा नेपाली समुदायले सिक्नैपर्ने कुराहरु थुप्रै छन् यद्यपि हाम्रो ध्यान त्यतातिर जान सकेको पाईदैन ।

जापानमा नेपाली समुदायको हितका खातिर खुलेका दर्जनौ संघसंस्थाहरु क्रियाशील छन्, नेपाली समाजलाई सहि दिशातिर डोर्‍याउन यहाँका जिम्मेवार संघसंस्था र यहाँस्थित नेपाली राजदूतावासको सक्रिय एवं समन्वयकारी भूमिका अपेक्षित छ । अत्यन्त महत्वपूर्ण बिषयहरुमा समय समयमा नेपाली समुदायलाई सुसूचित गर्ने, सजग र सचेत बनाउने खालका कार्यक्रम तथा योजनाहरु तय गरिनुपर्ने देखिन्छ ।

जापानजस्तो सुन्दर मुलुकबाट स्वदेशमा लगानी तथा प्रविधि भित्र्याउने, प्रकृतिप्रेमी जापानीहरुमाझ नेपालको बारेमा यथाशक्य प्रचारप्रसार गरी पर्यटकहरु पठाउने, स्वदेशी उत्पादनलाई जापानी बजारमा प्रबर्द्धन गरी अर्थतन्त्रमा टेवा पुर्‍याउने जस्ता अलि नयाँ र फरक चिन्तनका साथ अब नेपाली समुदाय माथि उठ्न जरुरी छ । बिदेशमै बसेर पनि मुलुक निर्माणको मुलधारमा जोडिन सकिने यस प्रकारका उन्नत विचार र अग्रगामी चिन्तनमा यहाँका बुद्धिजीवी नेपालीहरुले आफुले आर्जन गरेको विद्वता उपयोग गर्दै नेपाली समाजलाई अगुवाई गर्न सक्नुपर्दछ, मौनता साँध्न मिल्दैन । अबको केही दिनमै सन् २०१६ लाई बिदाइ गर्दैछौं । जापानको सिंगो नेपाली समुदायका बारेमा यो वर्षभरिको गहन समीक्षा गरी आगामी वर्षका लागि ठोस योजना बनाउन सके नेपालीका लागि जापानमा अवसर र संभावनाको खोजी गर्दै हाम्रा समस्याको समाधान हामीभित्रैबाट संभव तुल्याउन सकिनेमा दुई मत छैन ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया