Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं  – निजी विमान कम्पनीले सोमबारदेखि दुर्गम बाहेकका रुटमा हवाई भाडा बढाएका छन् । निजी विमान कम्पनीले सुगम र पर्यटकीय रुटको हवाई भाडा सोमबारदेखि ३० प्रतिशतसम्म बढाएका हुन् ।

यसपटक सबैभन्दा धेरै काठमाडौं–धनगढी रूटको हवाई भाडा बढाइएको छ । १० हजार १ सय रुपैयाँ भाडा रहेको यो रुटमा २३ सय रुपैयाँ थप भई १२ हजार २ सय रुपैयाँ  पु्र्याइएको छ । पुरानो भाडा दरमा पर्वतीय उडान (माउण्टेन फ्लाइट) को भाडामा सबैभन्दा धेरै २४ सय ७५ रुपैयाँ थपिएर ११ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी काठमाडौंदेखि भद्रपुरमा १८ सय ७०, विराटनगरमा १६ सय ४५, जनकपुरमा ६ सय, सिमरामा ५ सय ६५, तुम्लिङ्गटारमा ९ सय ८५, भरतपुरमा ६ सय, भैरहवामा ११ सय ७०, पोखरामा ८ सय ९०,  नेपालगंजमा २१ सय २५ रुपैयाँ भाडा थपिएको छ ।

त्यसैगरी पर्यटकीय रुट मानिने लुक्लामा १२ सय ४५ रुपैयाँ भाडा थपिएको छ भने पोखरादेखी जोमसोमको रुटमा ७ सय २५ रुपैयाँ थपिएको छ । नेपालगंजबाट पहाडी रुटहरु सिमिकोट, जुम्ला, मुगुको रारा, बाजुरा, डोल्पामा हुने दुर्गम हवाई भाडा भने पुरानै छ ।

त्यसैगरी काठमाडौं र विराटनगरबाट पूर्वी पहाडी रुटमा हुने हवाई सेवाको भाडा भने बढेको छैन । हरेक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने शर्त अनुसार, यसपटक भाडा बढाउने सहमति दिइएको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया