Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं  – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल श्रीलंकासँग एक रनले पराजित भएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ९९ बलमा ९० रन बनाएपनि जितका लागि पर्याप्त भएन । उनले नौ चौका एक छक्का हाने ।

अन्तिम ओभरमा ८ रन आवश्यक परेका बेला दिपेन्द्र सिंह ऐरी क्रिजमा थिए । उनले पहिलो बल डट खेले, दोस्रो बलमा छक्का हाने र दुई रन आवश्यक परेका बेला तेस्रो बलमा आउट भए । जितको नजिक पुगिसकेको नेपालको आठौँ र नवौँ विकेट रन आउट भएको थियो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको नेपालका सन्दिप सुनार ८ बलमा २ रन, आशिफ शेख ६ बलमा एक रन, भिम सार्की १६ बलमा ८ रन, आदिल खान ६९ बलमा ३९ रन, प्रकाश केसीले २३ बलमा १४ रन, सुवर्णकार उरावले ६४ बलमा ४० रन बनाए । पवन सर्राफ पहिलो बलमै एलबिडब्लु आउट भए । यस्तै कमल सिंह ऐरीले ९ बलमा ९ रन बनाए । सन्दिप लामिछाने ३ बलमा १ रन बनाएर रन आउट भए ।

श्रीलंकाका कामिन्दु मेन्डिसले तीन, अशेन बान्डारा, जेहन ड्यानियल, निपुन रनसिका, दिलसान ग्यामेज र प्रविन जयबिक्रमाले एक एक विकेट लिए ।

श्रीलंकाका हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाएका थिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । श्रीलंकाका असेन बान्दाराले ४७ बलमा ४८ रन, क्रिशन आर्चचिग्गेले ४७ बलमा २८ रन बनाए । रविनले ३७ बल खेलेर १९ रन बनाए ।

नेपालका कमल सिंहले ३ विकेट लिए । यस्तै पवन सर्राफले दुई र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । नेपाल रहेको समूह ‘ए’ मा आयोजक श्रीलंकासहित भारत र मलेसिया छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश, सिंगापुर र पाकिस्तान छन् । नेपालले आफ्नो दोस्रो खेल भोलि शुक्रबार भारतसँग खेल्नेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया