Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गर्ने बालोन डी’ओर अवार्ड हात पारेका छन् । रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै बालोना डी’ओर २०१६ अवार्ड जितेका हुन् । पोर्चुगलका रोनाल्डोले योसँगै चार पटक बालोन डी’ओर जितेका छन् । 

मेस्सीले गएको वर्ष पाँचौं पटक बालोन डी’ओर जितेका थिए । एथ्लेटिको मड्रिडका फ्रान्सेली खेलाडी एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहे । फ्रान्सेली फुटबलले जुरी तथा विश्वका एक सय ७३ खेल पत्रकारको मतको आधारमा अवार्ड प्रदान गरेको हो । रोनाल्डोले गएको सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग तथा पोर्चुगललाई युरोकप २०१६ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

फ्रान्सेली फुटबल म्यागजिनले सन् १९५६ देखि अवार्ड प्रदान गर्दै आएको हो । तर गएको ६ सिजन विश्व फुटबलको प्रशासकीय निकाय फिफासँगको सहकार्यमा फिफा बालाने डी’ओर प्रदान गरिँदै आएको थियो । यस्तै फिफाले पनि आउँदो जनवरी ९ मा वर्ष खेलाडी अवार्ड प्रदान गर्दैछ । रोनाल्डोले सन् २००८, २००९, २०१३ र २०१४ मा पनि बालोन डी’ओर जितेका थिए । मिलानमा भएको अवार्ड वितरण समारोहमा रोनाल्डोले भने ‘चार पटकसम्म गोल्डेन बल जित्छु भन्ने मैले सोचेकै थिइन ।

म धन्य भएको छु, जसले मलाई यो व्यक्तिगत अवार्ड जित्न सहयोग गर्नु भयो उहाँहरुप्रति ।’रोनाल्डोले गएको सिजन क्लब र राष्ट्रिय टिमबाट गरी ५४ गोल गरेका थिए । उनले यो सिजन क्लब र राष्ट्रिय टिमबाट गरी २० खेलमा १९ गोल गरिसकेका छन् । दोस्रो स्थानमा चित्त बुझाएका मेस्सीले गएको सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

तर पनि उनी राष्ट्रिय टिमलाई महत्वपूर्ण उपाधि दिलाउनबाट भने अन्तिम समयमा चुके । मेस्सीले सन् २०१६ मा ५० खेलमा ५० गोल गरिसकेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया