Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं  – श्रीलंकामा हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोली घोषणा भएको छ । छनौट समीतिले प्रारम्भीक टोलीमा परेका ५२ खेलाडीबाट सन्दिप लामिछानेको कप्तानीमा चार वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

sandeep

नेपाल क्रिकेट संघ क्यानले काठमाडौं, धनगढी, नेपालगञ्ज, विराटनगर, भैरहवा र कलैयामा सञ्चालन गरेको ट्यालेण्ट हण्टबाट छनौट गरेका ५२ खेलाडीबाट छनौट गरी अन्तिम टोली घोषणा गरिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एसिया क्षेत्रकाका अधिकृत वेंकटपथी राजु, मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दास रहेको छनौट समितिले टोली घोषणा गरेको हो । एसिसी १९ वर्षमुनिको एसिया कप क्रिकेट डिसेम्बर १३ देखि २४ सम्म श्रीलंकामा हुनेछ ।

टोलीमा को को परे ?

  • १) सन्दिप लामिछाने (कप्तान)
  • २) मोहम्मद आसिफ शेख
  • ३) रविन्द्र जंग शाही
  • ४) आदिल खान
  • ५) भीम सार्की
  • ६) अनिल कुमार साह
  • ७) दिपेन्द्र सिंह ऐरी
  • ८) पवन सर्राफ
  • ९) सुवर्णाकार उराव
  • १०) सन्दिप सुनार
  • ११) कमल सिंह ऐरी
  • १२) नन्दन यादव
  • १३) प्रकाश केसी
  • १४) रोहित कुमार पौडेल
  • १५) अविश कर्ण

वैकल्पिक खेलाडी

  • १) शाहब आलम
  • २) किशोर महतो
  • ३) बिक्रम भुसाल
  • ४) सुशान्त थापा
तपाईको प्रतिक्रिया