Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

gagan-thapa1इटहरी – ‘आधारभूत मौलिक स्वास्थ्य अधिकार कायम गरौँ’ भन्ने मूल नाराका साथ सत्ताइसौँ अखिल नेपाल चिकित्सक सम्मेलन आज धरानमा शुरु भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सम्मेलनमा विश्वका विकसित मुलुकको चिकित्सा विज्ञान र नेपालको भौगोलिकता अनुसारको चिकित्सा विज्ञानका विषयमा अहिले भइरहेका खोज अनुसन्धान र चुनौतीका विषयमा विभिन्न विज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गर्ने र ती कार्यपत्रमाथि व्यापक छलफल गरिने कार्यक्रम छ । त्यस्तै नेपालको स्वास्थ्य नीति, त्यसमा देखिएको कमिकमजोरी, कार्यान्वयनको अवस्था र चुनौती लगायत विषयमा पनि सम्मेलनमा बृहत छलफल हुने जनाएको छ ।

सम्मेलनमा नेपाल तथा अन्य मुलुकका गरी सातसय भन्दा बढी चिकित्सकको सहभागिता रहने छ । नेपालको संविधानले दिएको मौलिक हकअन्तर्गत सबै नेपालीलाई स्वास्थ्यमा कसरी पहुँच पु¥याउन सकिन्छ भन्ने विषयमा पनि ठोस अवधारणा तयार पार्नु सम्मेलनको अर्को महत्वपूर्ण पक्ष रहेको आयोजक समितिले जनाएको छ ।

सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री गगनकुमार थापाले निःशुल्क स्वास्थ्यको उपलब्धता भन्ने विषय ज्यादै गहन र गम्भीर भएकाले यस सम्बन्धमा मन्त्रालयले विशेष बहस र छलफल अघि बढाएर ठोस नीतिसहितको कार्य योजना बाहिर ल्याउनेतर्फ गृहकार्य गरिरहेको बताउनुभयो । सो अवसरमा एनआरएन संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले आमनेपाली नागरिकलाई स्वास्थ्य सेवामाथि सहज पहुँच पुरियाउन सरकारले मात्रै नसक्ने भएकाले यस विषयमा नीजि क्षेत्रको पनि त्यत्तिकै चासो र लगानी जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

अखिल नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अन्जनीकुमार झाले चिकित्सा क्षेत्र भयरहीत बनाउँदै यो पेसालाई भागबण्डाविहीन तुल्याई काम र दक्षताका आधारमा अघि बढाउने प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घका नवनिर्वाचित अध्यक्ष डा मुक्तिराम श्रेष्ठले नेपालको चिकित्सा क्षेत्र सवल एवम सक्षम भइसकेको दाबी गर्नुभयो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा बलभद्र दासले जस्तोसुकै रोगीको उपचार गर्ने दक्ष जनशक्ति तयार गर्न प्रतिष्ठान सक्षम रहेको बताउँदै भौतिक पूर्वाधार एवम उपकरण अभावका कारण प्रतिष्ठानको उपचारमा सेवामा केहि असुविधा भइरहेको जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया