Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

पर्वत – पर्वत जिल्ला अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएको छ । विगत एक महिनादेखि औषधिको अभाव हुँदा सर्वसाधारण बिरामीले समस्या खेप्न बाध्य भएका छन् ।district-hospital

सरकारले निःशुल्क वितरण गर्ने ज्वरोमा प्रयोग हुने सिटामोल, पखालामा प्रयोग हुने मेट्रानिडाजोल, संक्रमणमा प्रयोग हुने एन्टिबयोटिक एमोक्सिसिलिन लगायत १८ किसिमका औषधिको अभाव भएको छ । दमका बिरामीले नियमित सेवन गर्ने साल्वुटामोल चार एमजी, दुखाइमा प्रयोग गर्ने ब्रुफिन, बुस्कोपान, आखाँको औषधि सिप्रोफ्लाक्सिन, जुकाको औषधि अल्वेन्डाजोललगायतका अत्यावश्यक औषधि अस्पतालमा सकिएको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर सरोजचन्द्र दाहालले जानकारी दिनुभयो । अहिले स्लाइन र गर्भवती महिलालाई निःशुल्क वितरण गरिने आइरन चक्कीको समेत अभाव भएको उहाँले बताउनुभयो ।

सरकारले अत्यावश्यक ७२ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भनिए पनि जिल्ला अस्पतालमा मुस्किलले ३० प्रकारका औषधि मात्रै वितरण हुने गरेको छ । जिल्ला अस्पतालमा औषधिको स्टोर रित्तिन थालेपछि बिरामीलाई निजी क्लिनिकमा औषधि किन्न पठाइने गरिएको छ । गत वर्ष ढिलो गरी औषधिको टेन्डर पठाएका कारण अहिले सम्म औषधि आयात हुन नसकेको डाक्टर दाहालले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया