Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव रोक्न माग गर्दै परेको रिट पाटन उच्च अदालतले खारेज गरेको छ । रिट खारेज भएपछि एन्फाको चुनाव निर्धारित मिति अर्थात आउँदो सोमाबार हुने भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रेफ्री समितिका विनोद केसीसहितले चुनाव रोक्न माग गर्दै दायर गरेको रिटमाथि दुबै पक्षसँग छलफल गरेपछि पाटन उच्च अदालतले रिट खारेज गरेको हो । अदालतले शुक्रबारसम्मका लागि चुनावी गतिविधि सञ्चालन नगर्न/नगराउन गत असोज १४ गते अन्तरिम आदेश दिएको थियो ।

रिट खारेज भएपछि यो अन्तरिम आदेश पनि खारेज भएको छ । असोज १४ गते अघि नै अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवारी दर्ता भइसकेको थियो । आउँदो सोमबार चुनाव हुने पक्का भएपछि  अध्यक्ष र उपाध्यक्ष पदको चुनावका लागि उम्मेदवारले प्रचारप्रसार तीब्र बनाएका छन् ।

अध्यक्षका लागि कार्यावाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र कर्माछिरिङ शेर्पा प्रत्यासी छन् । श्रेष्ठ पक्षबाट उपाध्यक्षमा मणि कुँवर र शेर्पा पक्षबाट दीपक खाती उम्मेद्वार छन् भने उपेन्द्रमान सिंहले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् ।

फुटबल महासंघ फिफाले भ्रष्टाचारको आरोपमा गएको वर्ष अध्यक्ष गणेश थापालाई प्रतिबन्ध लगाएपछि एन्फाको अध्यक्ष पद रिक्त छ । यस्तै उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि उपाध्यक्ष पद पनि खाली छ । त्यसैले अहिले यी दुई पदको बाँकी कार्यकालका लागि चुनाव हुन लागेको हो ।

तपाईको प्रतिक्रिया