Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौं – सरकारले आजदेखी दुई दिनसम्म मुलुकभर राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्र्तगत आज र भोली मुलुकभरका ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

५ बर्ष मुनिका बालबिालकालाई अनिवार्य रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउन स्वास्थ्य मन्त्रालयले सवैलाई आह्वान समेत गरेको छ ।

स्वास्थ्य मन्त्रालय अन्र्तगतको बालस्वास्थ्य महाशाखाका प्रमुख डा.राजेन्द्र पन्तले आज र भोली स्वास्थ्य मन्त्रालयको अनुगमनमा देशभर ठुलो संख्यामा महिला स्वास्थ्य स्वयवसेविका र स्वास्थकर्मी खटाइएको बताउनुभयो ।

भिटामिन ए को कमीले भविष्यमा बालबालिकामा रतन्धो कुपोषण, दादुरा लगायतका रोग लाग्ने भएकाले अनिवार्य रुपमा यसको सेवन गर्नुपर्ने चिकित्सकहरुले बताउदै आएका छन् ।

आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य चौकी वा घरघरमा आउने महिला स्वास्थ्य स्वयमसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउन सकिनेछ । भिटामिन ए को कमिले लाग्ने रोगको रोकथामका लागी सरकारले सन १९९८ देखी बार्षिक रुपमा दुई पटक यो कार्यक्रम संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया