Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

गैंडाकोट– गैंडाकोट बचत तथा ऋण सहकारी संस्थाले सोमबार २४ औं वार्षिक उत्सब मनाएको छ । विस २०५० साल कात्तिक १ गते गठन भएको सो सहकारी विस २०५१ सालको जेठ ८ गते नवलपरासीको सहकारी कार्यालयमा दर्ता भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

img_6416

संस्थाका कार्यबहाक अध्यक्ष देवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बचत र ऋण परिचालनमा उत्कृष्ट काम गरेका सहकारीका ३२५ जनालाई पुरस्कृत गरिएको थियो ।

तत्कालिन गैंडाकोट युथ क्लब र हालको सामाजिक विकास तथा अनुशन्धान केन्द्र (एसडिआरसी) नामक गैर सरकारी संस्थाको पहलमा सहकारी गठन भएको संस्थापक अध्यक्ष गोविन्द सुवेदीले बताउनुभयो ।

वार्षिक उत्सब कार्यक्रमका प्रमुख अतिथि एसडीआरसी संस्थाको बर्तमान अध्यक्ष रामप्रसाद शर्मा सिग्देल रहनुभएको थियो । सहकारी संस्था गठन हुँदा ६० जना सदस्य थिए ।

हाल शेयर सदस्य चार हजार सात सय ८५ जना पुगेको सचिव दिपक पाण्डेले जानकारी दिए । संस्थामा हाल २६ करोड रुपैयाँ बचत संकलन छ । तीन करोड ७४ लाख रुपैयाँ शेयर पुजी र कुल पुजी ३४ करोड रुपैयाँ बराबर पुगेको उहाँले बताउनुभयो ।

सो सहकारीले हाल १७ प्रकारका बचत कार्यक्रम सञ्चालन गरेको निवर्तमान अध्यक्ष धनबहादुर थापाले बताउनुभयो । त्यस्तै १५ शिर्षकमा ऋण प्रवाह गर्दै आएको छ । गैंडाकोटमा मुख्यालय रहेको सहकारीले अमरापुरीमा सेवा केन्द्र खोलेको छ ।

आउँदो वर्ष शेयर सदस्य संख्या छ हजार पुर्याउने र कुल पुजी ४५ करोड ५० लाख रुपैयाँ बनाउने योजना रहेको सचिव पाण्डेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया