Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – विश्व कप २०१८ को छनौट खेलमा पोर्चुगलले शानदार जित दर्ता गरेको छ । छनौट चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ६–० गोल अन्तरले हराएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले चार तथा काभाको कान्सेलो र भालेन्टे सिल्भाले एक एक गोल गरे । दोस्रो हाफमा दुई खेलाडी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ९ खेलाडीमा सीमित भएको एन्डोराले पोर्चुगलको दबाब थेग्न सकेन र आधा दर्जन गोल खायो ।

युरो कप २०१६ को फाइनलको क्रममा चोटग्रस्त भएपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा फर्किएका रोनाल्डोले २, ४ र ६८ औं मिनेटमा गरी आफ्नो खेल जीवनको ४२ औं ह्याट्रिक पूरा गरे ।

रोनाल्डोले ह्याट्रिक गर्नुअघि ४४ औं मिनेटमा कान्सेलाले गोल गरेका थिए । ८६ औं मिनेटमा सिल्भाले गोल गरेपछि पोर्चुगल ६–० ले विजयी भयो ।

६२ औं मिनेटमा रुबिओ गोमेज तथा ७० औं मिनेटमा रिबेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एन्डोरा ९ खेलाडीमा सीमित भएको थियो ।

खेल अवधिभर बलमा नियन्त्रण अधिकांश समय बलमा नियन्त्रण पोर्चुगलले गरेको थियो । समूह बीमा रहेको पोर्चुगल दुई खेलबाट तीन अंकसहित तेस्रो स्थानम छ ।

छनौट चरणको पहिलो खेलमा पोर्चुगल स्वीट्जरल्याण्डसँग २–० ले पराजित भएको थियो । पहिलो खेलमा पोर्चुगललाई हराएको स्वीट्जरल्याण्डले शुक्रबार राति भएको आफ्नो दोस्रो खेलमा हंगेरीलाई ३–२ ले हरायो ।

दुई खेलबाट ६ अंक जोडेको स्वीट्जरल्याण्ड समूह बीको शीर्ष स्थानमा छ । समूह बी अन्तर्गतकै खेलमा फारोइ आइसल्याण्डले लात्भियालाई २–० ले हरायो । दुई खेलबाट चार अंक जोडेको फारोइ आइसल्याण्ड समूहको दोस्रो स्थानमा छ । 

तपाईको प्रतिक्रिया