Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – अध्यात्म साहित्य एवम् जीवनदर्शनका क्षेत्रमा कलम चलाउँदै आउनुभएका लेखक आचार्य लक्ष्मण भण्डारीले आफ्नो नयाँ कृति ‘सुदृढ मन, सुन्दर जीवन’ सार्वजनिक गर्नुभएको छ । sudrit

आईतबार चितवनमा आयोजित विशेष कार्यक्रममा चर्चित योग गुरु एवम् प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल (मानसाग्नि) एवम नेपाल सरकार वन विभागका पूर्व महानिर्देशक गोकुलराज पाण्डेले संयुक्त रूपमा पुस्तकको  सार्वजनिक गर्नुभयो । दशकौँ देखि अध्यात्मदर्शन र उत्प्रेरणा साहित्यमा कलम चलाउँदै आउनुभएका लेखक भण्डारीको सार्वजनिक पुस्तकमा श्रीमद्भगवद्गीताका सन्दर्भहरूलाई हाम्रो प्रत्यक्ष जीवन दर्शनसँग जोडेर तार्किक एवम् व्यावहारिक ढङ्गले प्रस्तुत गरिएको छ ।

गीता पढ्न र पढेर त्यसभित्रको दर्शनलाई स–सम्मान जीवनमा आत्मसात् गर्न प्रेरित गर्ने शैलीमा लेखकले पुस्तकलाई अगाडि ल्याउनुभएको छ । कुल २६ अध्यायमा विभाजित गरेर लेखिएको पुस्तक ‘सुदृढ मन, सुन्दर जीवन’ सहित लेखक भण्डारीका अनमोल दृष्टान्त, सनातन जीवनदर्शन, जीवनमूल्य, संसार जित्ने सूत्र र हामीहाँसे संसार हाँस्छ नामक पुस्तकहरू यसअघि नै प्रकाशित छन् । pustak-bimochan1

कुल २२३ पृष्ठमा प्रकाशित पुस्तकलाई साङ्ग्रिला बुक्स प्रालि काठमाडौँले बजारमा ल्याएको हो । सोही अवसरमा आयोजित कार्यक्रममा जिल्ला वन कार्यालय चितवनले भरतपुरले वागीश्वरी आध्यात्मिक परिषद् एवम् योगी नरहरिनाथ आश्रमलाई करिब ६ बिगाह क्षेत्रफलको वागीश्वरी क्षेत्र धार्मिक वनका रूपमाउपभोग र विकास गर्न पाउने गरी हस्तान्तरण गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया