Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

इस्लामावाद – पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरुको संघले पाकिस्तानभरि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । केही दिनयता कास्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनाबका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

india

केही दिनपहिले भारतीय चलचित्र उत्पादकहरुको संघ (मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसन अफ इन्डिया (आइएमपीपीए)ले पाकिस्तानी कलाकार तथा चलचित्र प्राविधिकहरुलाई भारतीय चलचित्र उद्योग (बलिउड)मा काम गर्न प्रतिबन्ध लगाएको थियो ।आइएमपीपीएले गरेको निर्णयको जवाफमा पाकिस्तानी चलचित्र उद्योगका लगानीकर्ताहरुले पनि यस्तो अप्रिय निर्णय लिएको जनाइएको छ ।

दुई देशबीचको राजनीतिक सम्बन्ध सामान्य अवस्थामा नफर्कुन्जेलसम्म सबैखाले भारतीय चलचित्र प्रदर्शन तथा वितरणकार्य निलम्बनमा परेको हो ।‘चलचित्रबजारको ख्यातिप्राप्त संगठन आइएमपीपीएले पाकिस्तानी कलाकार तथा चलचित्रकर्मीहरुले भारतमा कामै गर्न नपाउने गरी यस्तो प्रकारको निर्णय लिनु गहिरो चिन्ताको विषय हो’–पाकिस्तानी चलचित्र वितरक तथा प्रदर्शक समूहद्वारा प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अधिकांश पाकिस्तानी फिल्महलहरुमा भारतीय चलचित्र धेरैले रुचाएर हेर्ने गर्छन् ।दुई देशका जनताबीच आपसी सम्बन्धमा घनिष्ठता ल्याउन भारतीय चलचित्रहरुले ठूलो सहयोग र्पुयाउँदै आएका थिए । उल्लेख्य संख्याका पाकिस्तानी गायक तथा चलचित्र कलाकारहरुलाई बलिउडले प्रचार–प्रसार र सम्मान गर्दै दुई प्रतिद्वन्द्वी मुलुकका जनतालाई एकताको सूत्रमा आबद्ध गर्ने प्रयास गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया