Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं  – एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पञ्चकन्या तेजले विशाल वारियर्सलाई दुई विकेटले हराएको छ । अन्तिम खेल अघि नै फाइनलमा पुगिसकेको पञ्चकन्याले अन्तिम खेलमा विशाललाई पनि हराएर सबै खेल जितेको छ ।

किर्तिपुर मैदानमा शुक्रबार भएको दोस्रो खेलमा विशाल वारियर्सले टस जितेर ब्याटिङ रोजेको थियो । विशालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनायो । १ सय ४३ रनको लक्ष्य पञ्चकन्याले २० ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

पहिले ब्याटिङ गरेको विशालका लागि सागर पुनले ३८ बलमा ४४ रन, पारस खड्काले १७ बलमा २७ रन, मन्जित श्रेष्ठले ३५ बलमा ४० रन बनाए । पञ्चकन्याका सुशिल कँडेल र भुवन कार्कीले दुई दुई विकेट लिए । यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।

पञ्चकन्याका पृथु बाँस्कोटाले २२ बलमा २४ रन, आरिफ शेखले ३४ बलमा ४७ रन, सोनु तामाङले ६ बलमा १४ रन बनाए । विशालका दिपेश श्रेष्ठले ४ विकेट लिए । यस्तै रामनरेश गिरीले दुई साथै सुशन भारी र सागर पुनले एक एक विकेट लिए ।

शुक्रबार नै भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्सले सुपर ओभरमा जगदम्बा राइनोजलाई हराएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया