Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – भारतको गुवाहाटीमा जारी ६४औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपालको थ्रीस्टार क्लबले घरेलु टोली इस्ट बङ्गाल क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले सिक्किम युनाइटेड र इस्ट बङ्गालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधिका लागि भिडन्त पक्का गरेका हुन् । छ वर्षअघि प्रतियोगिताको अन्तिमचरणमा पुगेर उपाधि जित्न असफल थ्रीस्टारले प्रतियोगिताकै बलियो टोली इस्ट बङ्गाललाई फाइनलमा प्रतिद्वन्द्वी पाएको हो ।

थ्रीस्टारले समूह चरणमा नागाल्यान्डलाई ६–१ ले पराजित गरेको थियो भने सिलोङ लाजोङ र ओयल इन्डियासँग १–१ गोलको बराबरी गरेको थियो । एक महिनाअघि एएफसी कपको प्लेअफमा छनोट भएको थ्रीस्टारले सेमिफाइनलमा सिक्किम युनाइटेडलाई अतिरिक्त समयको खेलमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । थ्रीस्टारले विपक्षीको पोष्टमा १२ गोल गरेको छ भने चार गोल मात्र ब्यहोरेको छ ।

जारी प्रतियोगितामा एक गोल पनि नखाएको इस्ट बङ्गालले विपक्षीको पोस्टमा १२ गोल गरेको छ । समूह चरणमा इस्ट बङ्गालले बङ्गलादेशका बोनगोबिर ओग्रागामी क्लबलाई ६–० ले हराएको थियो भने सिक्किम युनाइटेडलाई २–० ले तथा गुवाहाटीको स्थानीय क्लबलाई ३–० ले हराएको थियो । सेमिफाइनलमा उसले सिलोङ लाजोङलाई १–० ले पराजित गरेको थियो । फाइनल खेल गुवाहाटीस्थित नेहरु स्टेडियममा आज अपराह्न सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया