Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

उदयपुर –  जिल्ला अस्पतालमा प्रसूति सेवा लिन आउने बिरामीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि यसको व्यवस्थापनमा निकै समस्या हुन थालेको छ । प्रसूति सेवाका लागि आउने बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएसँगै प्रसूति कोठामा राखिएका शय्याले समेत बिरामीलाई धान्न छाडिसकेको सम्बन्धित चिकित्सक बताउँछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

mahila

अस्पतालका अनुसार विगतका वर्षमा सामान्य प्रसूति सेवा र प्रजनन सेवाको मात्र व्यवस्थापन हुँदै आएको थियो ।

पछिल्लो चरणमा जिल्ला अस्पतालमा शल्यक्रिया सहितको सेवा व्यवस्थापन भएपछि अहिले जिल्लाभित्र र बाहिरबाट समेत सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका प्रमुख डा विष्णुबहादुर बस्नेत बताउनुहुन्छ ।

छ जनासम्म मात्रको शय्या र क्षमताको कोठामा सञ्चालन हुँदै आएको प्रसूति कक्षमा अहिले दैनिक १० देखि १५ जनासम्म प्रसूतिका बिरामी आउन थालेपछि कतिपय बिरामीलाई शय्याको अभावमा समेत अन्य कोठामा लगेर उपचार गर्न बाध्य हुनुपरेको सम्बन्धित चिकित्सक बताउँछन् ।

अहिले दैनिक १० जनासम्म प्रसूति सेवाका लागि आउने गरेकामध्ये दुईदेखि तीन जनासम्म शल्यक्रियाबाट तथा बाँकीको साधारण सेवाबाटै उपचार हुने गरेको अस्पताल प्रमुख डा बस्नेत बताउनुहुन्छ ।

डा बस्नेत भन्नुहुन्छ,“एउटा बिरामीलाई चौबिस घन्टाभन्दा बढी राखेर उपचार गर्नुपर्छ तर अन्य बिरामी दैनिक थपिने क्रम हुँदा कहिलेकाहीँ त पुराना र नयाँ बिरामी गरेर दिनमा ३० भन्दा माथि बिरामीको सङ्ख्या पुग्छ, यस कारण पनि अहिले सञ्चालन भइरहेको प्रसूति कक्षको क्षमताभन्दा बिरामी धेरै बढी भए ।”

डा बस्नेतका अनुसार अन्य कक्षमा प्रसूति सेवा व्यवस्थापन गर्नका लागि पनि भौतिक पूर्वाधारको व्यवस्थापनमा समस्या छ । अहिले प्रतिमहिना अस्पतालमा पच्चिसदेखि सय जनाको अप्रेशनबाट बिरामीको उपचार हुँदै आएको छ भने १५० भन्दा माथि नर्मल सेवाबाट नै उपचार भइरहेको अस्पताल प्रशासनले बताएको छ ।

तीन वर्षयता अस्पतालमा शल्यक्रिया सहितको प्रसूति सेवा सञ्चालन भएपछि अहिल पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रदेखि छिमेकी खोटाङको दक्षिणी भेक र सप्तरीको उत्तरी भेगका बिरामी समेत उपचारको लागि आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया