Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – नेपाली लेखक सङ्घ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदानप्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । शुक्रबार सङ्घका अध्यक्ष श्रवण मुकारुङ र फोरमका महासचिव दाइकी जुङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

nepal-koria

सम्झौतापत्रमा उल्लेख गरिएअनुसार आगामी माघ फागुनतिर काठमाडौँमा द्विदेशीय बृहत् साहित्यिक एवं सांस्कृतिक सम्मेलन आयोजना गरिने छ ।सम्मेलनमा कोरियाबाट सांसद्, प्राज्ञ, कवि, लेखक, चित्रकार, संस्कृतिविद्, व्यवसायी गरी करिब दुई सय जना सहभागी हुने साहित्यकार शशि लुमुम्बुले जानकारी दिनुभयो ।

तीनदिने सो सम्मेलनमा नेपाली तथा कोरियाली साहित्य, संस्कृति, दर्शन, इतिहास, कला तथा पर्यटनबारे दश कार्यपत्र प्रस्तुत गरिने तथा नेपाल र कोरियाका चुनिएका विशिष्ट कविले कविता प्रस्तुत गर्नुहुनेछ । सङ्घका अध्यक्ष मुकारुङका अनुसार सम्मेलनमा दुवै देशका सय चित्रकारका कलाकृति प्रदर्शन गरिनाका साथै लोकसंस्कृतिको प्रस्तुति रहनेछ ।

सो अवसरमा नेपाल र कोरियाका चुनिएका साठी कविका एक सय बीस कविता, सात सात कथा तथा पाँच पाँच उपन्यासको अनुवाद पनि प्रकाशन गरिने छ । सङ्कलनमा नेपालतर्फका बिपी कोइराला, पारिजातदेखि अहिलेको पुस्ताका प्रतिनिधि स्रष्टासम्मलाई समेटिने छ ।

सम्झौतानुसार आगामी असार साउनतिर सो सम्मेलनको दोस्रो संस्करण कोरियामा आयोजना गरिने छ ।

तपाईको प्रतिक्रिया