Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनको समयमा रहेकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार टोलीको घोषणा गरेको हो । एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङ, चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने वल्र्ड क्वालिफायरमा भाग लिन पाउनेछ ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको १८ सदस्यीय टोलीमा सीता राना मगर, काजोल श्रेष्ठ, सोभा आले, नेरी थापा, नीरा राजोपाध्याय, रोशनी बोहरा, सवनम राई, लक्ष्मी चौधरी, सङ्गीता राई र इन्दु बर्मा छन् ।

त्यस्तै, ज्योति पाण्डे, सरस्वती चौधरी, अनुराधा चौधरी, रश्मी शर्मा, निर्मला शाही, करुणा भण्डारी र सरिता मगर पनि टोलीमा अटाएका छन् । टोलीका मुख्य प्रशिक्षक राजु बस्नेत हुने बताइएको छ भने पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र विनोद दासले प्रशिक्षणमा सहयोग गर्नुहुनेछ ।

यसअघि, पहिलो चरणमा ४८ जना खेलाडीलाई बन्द–सत्रमा राख्दै २४ मा झारिएको थियो । अब २४ बाट १८ मा झारिएको छ । केही समयपछि हुने अन्तिम घोषणामा १४ सदस्यीय टोली रहनेछ जसले प्रतियोगिता खेल्नेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया